Kathmandu Press

लाइटर पड्किँदा भएको आगलागीमा घर जलेर नष्ट

चितवन, फागुन १६ : चितवनको माडीमा अचानक लाइटर पड्किएर आगलागी हुँदा घर जलेर नष्ट भएको छ।माडी नगरपालिमा–७ देवेन्द्रपुरस्थित शिवालय मन्दिर अगाडिको घरमा आज...
लाइटर पड्किँदा भएको आगलागीमा घर जलेर नष्ट
Hardik ivfHardik ivf

चितवन, फागुन १६ : चितवनको माडीमा अचानक लाइटर पड्किएर आगलागी हुँदा घर जलेर नष्ट भएको छ।

माडी नगरपालिमा–७ देवेन्द्रपुरस्थित शिवालय मन्दिर अगाडिको घरमा आज आगलागी हुँदा जलेर नष्ट भएको हो। स्थानीय टोकप्रसाद गौडेलको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले बताए।

घरमा राखेको लाइटर अचानक पड्केर आगलागी भएको उनले बताए। गौडेलको ढुङ्गा माटोले निर्माण गरिएको टिनले छाएको दुईतले घरमा आगलागी भएको हो।

आगलागीमा एउटा बाख्रा जलेर मरेको थापाले बताए। आगलागीबाट खाद्यान्न, लत्ताकपडा नष्ट हुँदा करिब १० लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

माडी नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको छ । गर्मी मौसमको शरुआत आगलागीका घटना बढ्ने भन्दै प्रज्वलनशील वस्तुको प्रयोगमा सर्तकता अपनाउन माडी नगरपालिकाले नगरवासीमा अनुरोध गरेको छ।

प्रकाशित मिति: १७:५६ बजे, आइतबार, फागुन १६, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्