माफिया क्विन बनेकी आलियाको फिल्म ‘गंगुबाई काठियावाडी’को टिजर सार्वजनिक

काठमाडौं, फागुन १३ : आलिया भट्टको मुख्य भूमिका रहेको फिल्म  गंगुबाई काठियावाडीको टिजर सार्वजनिक भएको छ।

संजय लीला भंसालीद्वारा निर्देशित फिल्म सन् २०११ मा प्रकाशित हुसेन जैदीको पुस्तक माफिया क्विन्स अफ मुम्बईमा आधारित छ । 

आफ्नै पतिद्वारा बेचिएकी गंगुबाईको कथामा बनेको फिल्ममा गंगुबाई बेचिएपछि माफिया क्विन बन्दासम्मको यात्रा देखाइने छ। सार्वजनिक टिजरमा गंगुबाई शक्तिको रूपमा उदय भइसकेपछिका दृश्य राखिएको छ। 

फिल्म ३० जुलाईदेखि प्रदर्शनमा ल्याउने तयारी भइरहेको छ। 

 Published Date: Thursday, 25th February 2021 11:52:00 am