Kathmandu Press

‘फटाह फणिन्द्रे’मा जोडिए बुद्धी र रवि 

काठमाडौं, फागुन १२ : निर्माणको तयारीमा रहेको  फिल्म ‘फटाह फणिन्द्रे’मा बुद्धी तामाङ र रवि डंगोल जोडिएका छन्। अरुण खड्काको निर्देशनमा बन्ने ‘फटा फणिन्द्रे’मा यसअघि नै...
‘फटाह फणिन्द्रे’मा जोडिए बुद्धी र रवि 

काठमाडौं, फागुन १२ : निर्माणको तयारीमा रहेको  फिल्म ‘फटाह फणिन्द्रे’मा बुद्धी तामाङ र रवि डंगोल जोडिएका छन्। 

अरुण खड्काको निर्देशनमा बन्ने ‘फटा फणिन्द्रे’मा यसअघि नै कर्मा, छुल्ठिम गुरुङ, सुष्मा कार्की, रोहित रुम्बा, उत्तक केसीलगायत कलाकार छनोट भइसकेका छन्। 

बुद्धी र रवि फिल्मको मुख्य भूमिकामा रहने निर्देशक रोहितले जानकारी दिए । दुवै एग्रिमेन्ट  भइसकेको पनि उनले बताए।

श्रीराम बालाजी फिल्मस् र अरुण फिल्म प्रोडक्सनको संयुक्त व्यानर बन्ने फिल्मको निर्मातामा विक्रमसिंह गुरुङ र कार्यकारी निर्माताा नेत्र बिष्ट छन् । फिल्मको वितरकमा सुनिल मानन्धर छन्।

‘फटा फणिन्द्रे’को कथा उत्तम केसीले लेखेका हुन् । फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व, रामजी लामिछाने र कबिराज गहतराजको कोरियोग्राफी रहने छ भने फिल्मलाई  ईश्वरलाल सिंकेमनले खिच्ने छन्।

फिल्ममा पट्कथा–संवाद हिमाल उप्रेती, सुशिल पोखरेल र अरुण खड्काको रहेको छ । अरुणले यसै फिल्मबाट निर्देशनमा डेब्यू गर्दैछन् । फिल्म चैतको पहिलो साताबाट फ्लोरमा जाँदैछ ।

प्रकाशित मिति: १३:३० बजे, बुधबार, फागुन १२, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्