Kathmandu Press

ए.आईको कमाल, मृत्यु भएको २५ वर्ष पछाडि नयाँ गीत

काठमाडौं, फागुन ११ : दक्षिण कोरियाली सुपरस्टार गायक किम क्वाङ्ग सअकको २५ वर्ष पछि नयाँ गीत राष्ट्रिय टेलिभिजनमा सुन्न सकिने  छ । अचम्को...
ए.आईको कमाल, मृत्यु भएको २५ वर्ष पछाडि नयाँ गीत

काठमाडौं, फागुन ११ : दक्षिण कोरियाली सुपरस्टार गायक किम क्वाङ्ग सअकको २५ वर्ष पछि नयाँ गीत राष्ट्रिय टेलिभिजनमा सुन्न सकिने  छ । अचम्को कुरा के भने दक्षिण कोरियाली सुपरस्टार गायक किम क्वाङ्ग सअकको २५ वर्ष पहिल्यै मृत्यु भइसकेको छ । 

दक्षिण कोरियाली राष्ट्रिय प्रसारण एसबीएसले किमको आवाजलाई दर्शक माझ ल्यान आर्टिफिसियल इन्टेलिजेन्स (सुपरटोन सिङ्गिङ भ्वाइस सिन्थेसिस्) को प्रयोग गरेको छ । 

को हुन् किम क्वाङ्ग सअक ?

किम क्वाङ्ख सअक सन् १९९० दशकका एक प्रख्यात दक्षिण कोरियाली गायक हुन् । उनका ‘अ लेटर फ्रम प्राइभेट’, ‘सङग अफ माई लाइफ’, ‘इन्द द विल्डरनेस’ जस्ता गीत चर्चित छन् । 

गायनमा चर्चित रहेकै बेला सन् १९९६मा ३१ वर्षको उमेरमा किमले आत्माहत्या गरेका थिए । कतिपय उनका फ्यानले किमको मृत्यूलाई अझै पत्याउन सकेका छैनन् । कतिले त किमले आत्माहत्या गरेको नभई उनको हत्या भएको बताउँदै आएका छन् ।   

के हो सुपरटोन सिङ्गिङ भ्वाइस सिन्थेसिस् ?

सुपरटोनको सिङ्गिङ भ्वाइस सिन्थेसिस(एसभीएस) टेक्नोलोजीले सम्बन्धित गीतको नोट्स र लिरिक्सका साथ सम्बन्धित गायक वा मानिसको धेरै गीतहरू सुनेर आवाज सिक्दैँ हुवहु गाउने काम गर्छ । यो सुपरटोनको सिङ्गिङ भ्वाइस सिन्थेसिस(एसभीएस) टेक्नोलाजीलाई किमको स्वर सुनाउन अघि बीस जना गायकले गाएको सय वटा गीत सुनाइएको थियो ।  

प्रकाशित मिति: १६:१४ बजे, मंगलबार, फागुन ११, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्