Kathmandu Press

गायक टंक तिमल्सिनाकाे मेरी चम्पालाई ४ करोड भ्युज

दुई वर्ष अगाडि मात्रै उनले युट्युबमार्फत ‘मेरी चम्पा...’ बोलको  गीत सार्वजनिक गरेका थिए। साे गीतले अहिलेसम्म ४० मिलियन भ्युज पाएकाे छ।
गायक टंक तिमल्सिनाकाे मेरी चम्पालाई ४ करोड भ्युज

काठमाडौं, भदाै ७  : गायक टंक तिमिल्सिना पछिल्लो समय ब्यस्त कलाकारका रुपमा परिचित छन्।

सांगीतिक यात्राकै क्रममा झण्डै २ सय बढी गीतमा स्वर भरिसकेका तिमिल्सिनाका एकपछि अर्को गीत हिट बन्दै जान थालेका छन्। 

दुई वर्ष अगाडि मात्रै उनले युट्युबमार्फत ‘मेरी चम्पा...’ बोलको  गीत सार्वजनिक गरेका थिए। साे गीतले अहिलेसम्म ४० मिलियन भ्युज पाएकाे छ।

पछिल्लो समय उनलाई लोक-पप, देउडा संगीतको क्षेत्रमा चकलेटी गायकका रुपमा पनि धेरैले रुचाउन थालेका छन्। 

उनले ‘गोधुली साँझमा’, ‘आमाको माया गाउँको माया’, ‘चल्यो बतास’, 'मन माया'लगायतका गीतहरूबाट राम्रो प्रशंसा पाएका छन्। 

प्रकाशित मिति: १३:४९ बजे, शनिबार, भदौ ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्