Kathmandu Press

‘गौंथली’को ग्रस कमाइ पौने २६ करोड

बोर्डको तथ्यांकअनुसार ‘गौंथली’ले आइतबारसम्म २५ करोड ८६ लाख २८ हजार ६९३ रुपैयाँ ग्रस आम्दानी गरेको छ । सो अवधिसम्म फिल्मका ९ लाख ३० हजार ७४४ टिकट बिक्री भएका छन्।
‘गौंथली’को ग्रस कमाइ पौने २६ करोड

काठमाडौं, भदाै २२ : चलचित्र विकास बोर्डले आइतबारसम्म प्रदर्शनरत नेपाली चलचित्रहरूको आधिकारिक बक्स अफिस विवरण सार्वजनिक गरेको छ । बोर्डका अनुसार ‘गौंथली’ प्रदर्शनरत चलचित्रमध्ये सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ।

बोर्डको तथ्यांकअनुसार ‘गौंथली’ले आइतबारसम्म २५ करोड ८६ लाख २८ हजार ६९३ रुपैयाँ ग्रस आम्दानी गरेको छ । सो अवधिसम्म फिल्मका ९ लाख ३० हजार ७४४ टिकट बिक्री भएका छन्।

यस्तै, अभिनेत्री नीता ढुंगानाको ‘पार्वती’ दोस्रो स्थानमा रहेको छ। उक्त फिल्मले १ करोड ५८ लाख ४८ हजार ३१६ रुपैयाँ ग्रस आम्दानी गरेको छ भने ५४ हजार ७३५ टिकट बिक्री भएका छन्।

प्रियंका कार्कीको ‘मास्टर्नी’ले ४० लाख १५ हजार १९९ रुपैयाँ ग्रस आम्दानी गरेको बोर्डको विवरणमा उल्लेख छ। उक्त फिल्मका १२ हजार २१७ टिकट बिक्री भएका छन्। 

त्यस्तै, ‘हली’ फिल्मले आइतबारसम्म २३ लाख २४ हजार २७० रुपैयाँ ग्रस कमाइ गरेको छ। उक्त फिल्मका ८ हजार ५२५ टिकट बिक्री भएको बोर्डले जनाएको छ।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस विवरण प्रदर्शन सुरु भएदेखि आइतबारसम्म प्राप्त आधिकारिक ग्रस आम्दानी र टिकट बिक्रीका आधारमा तयार गरिएको हो ।

प्रकाशित मिति: १७:२० बजे, सोमबार, भदौ २२, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्