Kathmandu Press

दुबईमा तीज कार्यक्रम, संकलित रकम बाढी पीडितका लागि 

कार्यक्रमपश्चात त्यहाँबाट संकलित ५ लाख ११ हजार ७५६ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको छ। 
दुबईमा तीज कार्यक्रम, संकलित रकम बाढी पीडितका लागि 

काठमाडौं, भदौ २२ : ३० अगस्तमा पूर्वनिर्धारित कार्यक्रम अनुसार दुबईमा तीज कार्यक्रममा आयोजना गरियो। कार्यक्रममा नेपालबाट गएका गायिका रमिला न्यौपाने लगायतको टोलीले प्रस्तुती दिएको थियो।

‘तीज धमाका सिजन २’ नाम दिइएको सो कार्यक्रममा भव्य बन्यो। सुरुमा मनोरञ्जका लागि मात्र आयोजना गरिएको सो कार्यक्रम नजिकिँदै गर्दा भोटोकोशी नदीमा विनाशकारी बाढी आयो। बाढीले ठूलो धनजनको क्षतिभयो। हजारौं मानिस घरबारबिहीन भए।

यो महाविपत्तिपछि आयोजक श्री लक्ष्मी ज्वेलरीले उद्देश्य परिवर्तन ग¥यो। कार्यक्रमबाट संकलित रकम बाढी प्रभावितका लागि लिने बताइयो। यो घोषणा पछि कार्यक्रम थप भव्य बन्यो।

दर्शक खचाखच भरिएको कार्यक्रममै आयोजक लगायत गायिका न्यौपानेले बाढी पीडितलाई सहयोग गर्न अपिल गरेका थिए।  

कार्यक्रमपश्चात त्यहाँबाट संकलित ५ लाख ११ हजार ७५६ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको छ। 

कार्यक्रममा सहभागी गायिका रमिला न्यौपाने सहगागी भइन्। तर, देश पीडामा रहेका बेलामा गीत गाउँदै मनोरञ्जन भने दिन सकिनन्। उनले स्टेजमा पुगेर पीडामा रहेका नेपाल र नेपालीलाई सहयोगको हात बढाउन अपिल गरिन्।

बाढी प्रभावितका लागि थोरै सहयोग संकलन गर्ने कार्यक्रमा सहभागी पाएको उनले खुसी व्यक्ति गरिन्, र कार्यक्रम आयोजनाका लागि आयोजकलाई धन्यवाद दिइन्। 
 

प्रकाशित मिति: ०८:१० बजे, सोमबार, भदौ २२, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्