Kathmandu Press

बाढी प्रभावितको सहयोगका लागि दुबईमा तीज कार्यक्रम, ५ लाख बढी संकलन

आयोजक र गायिका न्यौपानेलगायतको प्रयासबाट बाढी पीडितका लागि ५ लाख ११ हजार ७५६ रुपैयाँ संकलन भएको थियो। 
बाढी प्रभावितको सहयोगका लागि दुबईमा तीज कार्यक्रम, ५ लाख बढी संकलन

काठमाडौं, भदौ २२ : भोटोकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरुको राहतका लागि ३० अगस्तमा दुबईमा तीज कार्यक्रममा आयोजना गरियो। बाढी प्रभावितका लागि सहयोग संकलनको उद्देश्यले आयोजना गरिएको कार्यक्रममा गायिका रमिला न्यौपाने लगायतको टोली सहभागी भएको थियो। 

आयोजक श्री लक्ष्मी ज्वेलरीसँगका सहकार्यमा गायिका न्यौपानेलगायत कार्यक्रममा बाढी प्रभावितलाई सहयोग जुटाउन खटिएका थिए। उनीहरुको उद्देश्य बाढीबाट परिवारजन र घरबार गुमाएका नेपालीलाई थोरै भएपनि सहयोग गर्नु थियो।

तीज कार्यक्रम भएपछि त्यहाँ उपस्थित भएका सबै नेपाल र नेपालीको पीडामा थोरै भएपनि सहयोग गर्न उपस्थित भएका थिए। कार्यक्रममा खचाखच दर्शक थिए। सबैको सकेको सहयोग गरे।

आयोजक र गायिका न्यौपानेलगायतको प्रयासबाट बाढी पीडितका लागि ५ लाख ११ हजार ७५६ रुपैयाँ संकलन भएको थियो। 

सो रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको गायिका न्यौपानले बताइन्। 

बाढी प्रभावितका लागि थोरै सहयोग संकलन गर्ने कार्यक्रमा सहभागी पाएको उनले खुसी व्यक्ति गरिन्, र कार्यक्रम आयोजनाका लागि आयोजकलाई धन्यवाद दिइन्। 

प्रकाशित मिति: ०८:१० बजे, सोमबार, भदौ २२, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्