Kathmandu Press

वीरगञ्जमा हैजाको संक्रमण पुष्टि, दुई दिन विद्यालय बन्द 

झाडापखालाका १५ जनामध्ये शंकास्पद शनिबार ८ जनाको परीक्षण गर्दा ति मध्ये ५ जनामा हैजा पुष्टि भएको नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिए।
वीरगञ्जमा हैजाको संक्रमण पुष्टि, दुई दिन विद्यालय बन्द 

पर्सा, भदौ ७ : पर्साको वीरगञ्जमा झाडापखाला लागेर उपचारका लागि आएका बिरामीहरूमा हैजाको जीवाणु भेटिएको छ। 

वीरगञ्ज महानगरपालिका वडा नम्बर ११, १२, १३ र १६ का विभिन्न टोलमा झाडापखाला र हैजाका बिरामीहरू भेटिएका हुन्।  

झाडापखालाका १५ जनामध्ये शंकास्पद शनिबार ८ जनाको परीक्षण गर्दा ति मध्ये ५ जनामा हैजा पुष्टि भएको नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिए।

Hardik ivf

उनका अनुसार हैजा पुष्टि भएका ती सबै वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीका हुन्। शुक्रबार तीन जनामा हैजाको संक्रमण पुष्टि भएकोमा शनिबार थप ७ जनामा हैजा पुष्टि भएको हो। 

वीरगञ्जको विभिन्न स्थानका हालसम्म दश जनामा भिब्रियो कोलरी जीवाणुबाट हुने हैजाको सङ्क्रमण पुष्टि भएको वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाले जनाएको  छ। 

शाखाका प्रमुख राजु साहले शुक्रबारदेखि झाडा पखालाका बिरामीहरुको संख्या बढ्दै गएको बताए । झाडापखालाको उपचार गरिरहेका  दुई जनाको मृत्यु भएको पनि हैजा कै कारण भएको हुनसक्ने आशङ्का गरिएको उनको भनाइ छ। 
यद्यपि ती दुवैको मृत्यु हैजाका कारण भए नभएको पुष्टि हुन भने बाँकी रहेको उनले जानकारी दिए। अहिले झाडापखालाका कारण वीरगञ्जको विभिन्न  अस्पतालमा बिरामी भर्ना भएका छन्। 

वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले विभिन्न अस्पतालमा पुगेर बिरामीको स्वस्थ्य तथा उपचारका बारेमा जानकारी लिएका छन्। 

यसैबिच वीरगञ्ज महानगरपालिकाले बढ्दो हैजाको सङ्क्रमणलाई मध्यनजर गर्दै दुई दिनका लागि महानगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

शैक्षिक प्रशासन महाशाखाले एउटा सूचना जारी गर्दै भदौ ८ र ९ गते (आइतबार र सोमबार) दुई दिनका लागि महानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गर्ने निर्णय गरेको हो। 

सूचनामा हैजा सङ्क्रमणबाट बच्न विभिन्न स्वास्थ्य सावधानी अपनाउन पनि आग्रह गरिएको छ।
 

प्रकाशित मिति: २०:५१ बजे, शनिबार, भदौ ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्