Kathmandu Press

  महोत्तरीमा सुतेकै ठाउँबाट दम्पती बेपत्ता 

प्रहरीका अनुसार झा दम्पत्ती सुतैकै  ठाउँबाट बेपत्ता भएका हुन् ।   झा दम्पतीसँगै घरमा उनीहरुको कान्छी बुहारी पनि रहेको प्रहरीले जनाएको छ । वृद्ध दम्पतीको घरमा रगतको छिटा पनि देखापरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ । 
  महोत्तरीमा सुतेकै ठाउँबाट दम्पती बेपत्ता 

जनकपुरधाम, फागुन ११ : महोत्तरीमा एक दम्पती घरबाटै  बेपत्ता भएका छन् । पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडवास्थित आफ्नै घरमा सोमबार राति सुतेका ६६ वर्षीय मुसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी बेपत्ता भएका हुन् ।

प्रहरीका अनुसार झा दम्पत्ती सुतैकै  ठाउँबाट बेपत्ता भएका हुन् ।  झा दम्पतीसँगै घरमा उनीहरुको कान्छी बुहारी पनि रहेको प्रहरीले जनाएको छ । वृद्ध दम्पतीको घरमा रगतको छिटा पनि देखापरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ । 

Hardik ivf

दम्पती सुतेको कोठामा रगतको थोपाहरू समेत देखिएकोले घटना शंकास्पद बन्दै गएको छ। अपहरित दम्पतीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिए। घटना सम्बन्धमा थप जानकारीका लागि घरमा रहेकी उनको बुहारी र स्थानीयसँग यस सोधपुछ भइरहेको उनले बताए । 

स्थानीयहरूका अनुसार झा मालपोत कार्यालयका अवकाश प्राप्त कर्मचारी हुन् । उनी अदालतमा विचाराधीन रहेको मोही जग्गा विवाद मुद्दामा साक्षी बसेका थिए। विवादित जग्गाको विपक्षीसँग केही दिन अगाडि विवादसमेत भएको थियो । 

झा दम्पती बेपत्ता भएपछि उनको खोजी गर्नुपर्ने मागसहित स्थानीयले सडक अवरुद्ध गरेका छन् । बेपत्ता दुबैको पत्ता नलागेसम्म चक्काजाम गर्ने स्थानीयले चेतावनी दिएका छन् । 

प्रकाशित मिति: १४:४३ बजे, मंगलबार, फागुन ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्