Kathmandu Press

पिकेको सिक्वेल बन्ने, आमिरको सट्टा रणवीर

पिकेको सिक्वेल बनाउने घोषणा भएपनि फिल्मको स्क्रिप्ट भने तयार भइनसकेको चोपडाले बताए। स्क्रिप्ट अभिजात जोशीले लेखिरहेका छन्। स्क्रिप्ट पुरा भएपछि फिल्म फ्लोरमा जाने उनले बताएका छन्। 
पिकेको सिक्वेल बन्ने, आमिरको सट्टा रणवीर

काठमाडौं, फागुन ८ : सुपरहिट फिल्म ‘पिके’को सिक्वेल बन्ने भएको छ। फिल्मका निर्माता विधुविनोद चोपडाले सिक्वेल बनाउने बताएका छन्। 

पिकेमा आमिर खान र अनुस्का शर्मा मुख्य भूमिकामा थिए । तर, सिक्वेलमा भने आमिरको सट्टा रणवीर कपुर हुने निर्माता विधुविनोद चोपडाले बताएका छन्। 

Hardik ivf

‘तपाईंहरुले पिकेको अन्तिम सिनमा रणवीर कपुर देख्नु भएको थियो, सिक्वेलको कथा त्यहीँबाट सुरु हुन्छ, त्यसैले पिकेको सिक्वेलमा आमिरको सट्टा रणवीर हुनेछन्,’ निर्माता चोपडाले भने। 

पिकेको सिक्वेल बनाउने घोषणा भएपनि फिल्मको स्क्रिप्ट भने तयार भइनसकेको चोपडाले बताए। स्क्रिप्ट अभिजात जोशीले लेखिरहेका छन्। स्क्रिप्ट पुरा भएपछि फिल्म फ्लोरमा जाने उनले बताएका छन्। 

पैसा कमाउनका लागि मात्र फिल्म नबनाउने बताउँदै निर्माता चोपडाले उत्कृष्ट फिल्म बनाउने बताए । उनले भनेका छन्, ‘अक्सर फिल्मको सिक्वेल राम्रै चल्छ, तर म फाइदाका लागि मात्र फिल्म बनाउँदिन। यदि फाइदाका लागि मात्र फिल्म बनाउँथे भने मुन्नाभाइ सिरिजको ६–७ तथा पिकेकै २–३ सिक्वेल बनाइसकेको हुन्थे।’

पिकेको निर्देशन राजकुमार हिरानीले गरेका थिए। हिरानीले नै मुन्नाभाइ सिरिजका दुवै फिल्म तथा थ्री इडियट्स र सन्जु पनि निर्माण गरेका छन्। सिक्वेलको निर्देशक कसले गर्ने भन्ने टुंगो गर्ने नलागे पनि हिरानीले नै निर्देशन गर्ने अनुमान गरिएको छ।

 

प्रकाशित मिति: १५:२० बजे, शनिबार, फागुन ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्