Kathmandu Press

राष्ट्रव्यापी कविता र निबन्ध प्रतियोगिताको नतिजा सार्वजनिक

काठमाडौं, फागुन ६ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रजातन्त्र दिवसको अवसरमा संयुक्त रूपमा आयोजित राष्ट्रव्यापी कविता प्रतियोगितामा  गणेशप्रसाद...
राष्ट्रव्यापी कविता र निबन्ध प्रतियोगिताको नतिजा सार्वजनिक

काठमाडौं, फागुन ६ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रजातन्त्र दिवसको अवसरमा आयोजित राष्ट्रव्यापी कविता प्रतियोगितामा विक्रम पवन परियार प्रथम भएका छन् भने निबन्धमा गणेशप्रसाद भट्टराई प्रथम भएका छन् ।

कवितातर्फ गोविन्दगोपाल खतिवडा द्वितीय र तेज राई तृतीय भए भने निबन्धतर्फ रेजिना आपगाईँ द्वितीय र प्रेमराज सिलवाल तृतीय भएका छन् ।  

पुरस्कृति स्रष्टालाई फागुन ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा आयोजना गरिने ‘साहित्यिक तथा सांस्कृतिक कार्यक्रमम मा पुरस्कार तथा प्रमाणपत्र वितरण गरिनेछ । 


 
 

प्रकाशित मिति: १४:३६ बजे, बिहीबार, फागुन ६, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्