
काठमाडौं, माघ १४ : आज मन्त्रिपरिषद् बैठकका नौवटा निर्णय सार्वजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले माघ ११ गते आइतबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
मन्त्रिपरिषद्ले दाङको घोराही उपमहानगरपालिका वडा–४ र ५ मा पर्ने ५४९ बिघा जग्गालाई दाङ औद्योगिक क्षेत्र घोषणा गर्ने निर्णय गरेकाे हाे ।
फेवातालको चारकिल्ला निर्धारण, सिमांकन तथा नक्सांकन समितिको संयोजकलाई पारिश्रमिक तथा भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।
त्यस्तै, शताब्दी पुरुष सत्यमोहन जोशी र राष्ट्रकवि माधवप्रसाद घिमिरेको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गर्न स्वीकृति दिने निर्णय गरेको छ ।