Kathmandu Press

भुवनको अलराउन्ड प्रदर्शनमा एपिएफ फाइनलमा, पुलिस ३० रनले पराजित

भुवन कार्कीले बल र ब्याट दुवैमा उत्कृष्ट प्रदर्शन गरेपछि विभागीय टिम एपिएफ प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
भुवनको अलराउन्ड प्रदर्शनमा एपिएफ फाइनलमा, पुलिस ३० रनले पराजित
Hardik ivfHardik ivf

काठमाडौं, माघ १४ : भुवन कार्कीले बल र ब्याट दुवैमा उत्कृष्ट प्रदर्शन गरेपछि विभागीय टिम एपिएफ प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा भुवनले ४२ रन बनाउनुका साथै ४ विकेट लिएपछि डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबमाथि ३० रनको जित निकाल्दै एपिएफ फाइनलमा प्रवेश गरेको हो ।

पहिला ब्याटिङ गर्दै एपिएफले दिएको २०४ रनको लक्ष्य पछ्याएको पुलिसले ४ बल बाँकी छँदा अलआउट हुँदै १७३ रन मात्रै बनाउन सक्यो । उसका लागि पवन सर्राफले सर्वाधिक ४० रन बनाउँदा रसिद खानले ३४ र दीपेन्द्रसिंह ऐरीले ३३ रनको योगदान दिए । पुलिसलाई सस्तैमा समेट्ने क्रममा एपिएफका भुवनले ९.१ ओभरमा १ मेडनसहित २१ रन खर्चेर ४ विकेट लिए । यस्तै, शरद भेषावकर, कमलसिंह ऐरी र अभिनास बोहराले समान २ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको निर्धारित ओभरमा ९ विकेट गुमाउँदे २०३ रन बनायो । उसको सुरुवात पनि राम्रो हुन सकेन । उसले ४३ रन बनाउँदा ४ विकेट गुमाएको थियो । त्यसपछि ब्याटिङमा आएका शंकर राना, सन्दीप जोरा र भुवन कार्कीले उत्कृष्ट ब्याटिङ गर्दै टिमको स्कोर उकासे । शंकरले सार्वाधिक ४४ रन बनाउँदा भुवनले ४२ र सन्दीपले ३४ रनको योगदान दिए । पुलिसका आरिफ सेखले ३ तथा ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले समान २ विकेट लिए । 

एफिएफले उपाधिका बाग्मती प्रदेश र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्ने छ । बाग्मती प्रदेश र त्रिभुवन आर्मीबीचको दोस्रो सेमिफाइनल टियू मैदानमा बुधबार हुने छ । फाइनल आगमी शनिबा हुनेछ ।

प्रकाशित मिति: १७:०४ बजे, बुधबार, माघ १४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्