Kathmandu Press

कोरोनाविरुद्ध खोप अभियान, सात प्रदेशमा सात संयोजक

काठमाडौं, माघ १० : कोरोना भाइरसविरुद्ध खोप कार्यक्रमलाई सरकारले अभियानकै रुपमा अघि बढाउने भएको छ। यसका लागि सातै प्रदेशमा सात जना संयोजक तोकेको...
कोरोनाविरुद्ध खोप अभियान, सात प्रदेशमा सात संयोजक
Hardik ivfHardik ivf

काठमाडौं, माघ १० : कोरोना भाइरसविरुद्ध खोप कार्यक्रमलाई सरकारले अभियानकै रुपमा अघि बढाउने भएको छ। यसका लागि सातै प्रदेशमा सात जना संयोजक तोकेको छ।

भारतले नेपाललाई १० लाख खोप दिएको छ। पहिलो चरणमा ति खोप फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी र सामाजिक कार्यकर्ताहरुलाई लगाइनेछ।

त्यसपछि दोस्रो र तेस्रो चरणका खोप लगाउन सरकारले खरिद गर्ने तयारी गरेको छ। त्यसका लागि विभिन्न देशलाई सघाउन आग्रह गरेको छ।

कोरोनाविरुद्ध खोप कार्यक्रमलाई अभियानकै रुपमा लैजान सातै प्रदेशमा संयोजक पनि तोकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयकै विभिन्न महाशाखाका प्रमुखहरूलाई जिम्मेवारी दिएको छ।

प्रदेश १ मा स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेल, प्रदेश २ मा उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. मदनकुमार उपाध्याय, बागमती प्रदेशमा मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनी र गण्डकी प्रदेशमा मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. जागेश्वर गौतमलाई संयोजक तोकेको छ।

त्यस्तै, लुम्बिनी प्रदेशमा मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. विकास देवकोटा, कर्णाली प्रदेशमा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. अनुज भट्टचन र सुदूरपश्चिम प्रदेशमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेललाई संयोजक तोकेको छ।

उनीहरुलाई प्रदेश स्वास्थ्य निर्देशकसँग समन्वय गरी खोप अभियान र व्यवस्थापनलाई सहयोग गर्न जिम्मेवारी दिइएको छ।

सबै प्रदेशमा संयोजकहरु नै खोप लिएर जानेछन्। उनीहरुले प्रदेश स्वास्थ्य निर्देशनालयसँग सहकार्य गरेर खोप अभियानलाई केन्द्रसँग समन्वय गर्ने मन्त्रालयले जनाएको छ।

संयोजकसँग थप दुई जना स्वास्थ्यकर्मी पनि पठाइने भएको छ। उनीहरुले खोप अभियानलाई सहज बनाउन सहयोग गर्नेछन्।

 

प्रकाशित मिति: १३:२८ बजे, शनिबार, माघ १०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्