Kathmandu Press

पर्यटनको विकास संस्कृतिको प्रवर्द्धनसँग जोडिएको छ : मन्त्री पाण्डे

‘संस्कृतिलाई जति प्रवद्र्धन गरिन्छ, विकास गरिन्छ, त्यसले पर्यटनलाई नै विकास गर्ने हो। यसका लागि निजी क्षेत्र बलियो बन्न आवश्यक छ। निजी क्षेत्रका लागि सरकारले के गर्न आवश्यक छ त्यो गर्न सरकार तत्पर छ,’ उनले भने।
पर्यटनको विकास संस्कृतिको प्रवर्द्धनसँग जोडिएको छ : मन्त्री पाण्डे

काठमाडौं, साउन १२ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृतिको प्रवद्र्धन र विकासले पर्यटनको समेत विकास हुने बताएका छन्।

सोमबार पर्यटन नीति, २०८२ को सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले संस्कृति र पर्यटन एकआपसमा गासिएका क्षेत्र भएको उल्लेख गरेका हुन्।

Hardik ivf

‘संस्कृतिलाई जति प्रवद्र्धन गरिन्छ, विकास गरिन्छ, त्यसले पर्यटनलाई नै विकास गर्ने हो। यसका लागि निजी क्षेत्र बलियो बन्न आवश्यक छ। निजी क्षेत्रका लागि सरकारले के गर्न आवश्यक छ त्यो गर्न सरकार तत्पर छ,’ उनले भने।

मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको सशक्तिकरणमा आवश्यक सहयोग गर्न तत्पर रहेको बताए। उनले संविधान जारी भएको २०७२ साल यता पर्यटन क्षेत्रले थप गति लिएको उल्लेख गर्दै पर्वतारोहण क्षेत्रको सफलताको श्रेय नेपाल पर्वतारोहण संघलाई दिए।

उनका अनुसार पर्यटन नीति भन्दा पनि कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता छ। संस्कृति नीति पनि तयारीको चरणमा रहेको जानकारी दिँदै उनले चीनको सहकार्यमा सञ्चालित हिमालयन एयरलायन्सजस्ता परियोजनाले राष्ट्रिय पहिचान मजबुत बनाउन सहयोग गरेको उल्लेख गरे।

‘हामीले पोखरा–ल्हासा उडानको पहल ग¥यौँ । घाटामा भए पनि चलाइरहनु भएको छ,’ उनले भने, ‘विदेशी एयरलायन्सहरू नाफा कमाउँछन्, मार्केटिङ पनि उनकै हुन्छ।’

कतार एयरलायन्सको उदाहरण दिँदै उनले नेपालमा अन्तर्राष्ट्रिय यात्रुको ३१ प्रतिशतभन्दा बढी हिस्सा यसै एयरलायन्सले ओगटेको बताउँदै मन्त्री पाण्डेले पर्यटनसँग सम्बन्धित संघ–संस्थाले स्पष्ट एजेन्डासहित सरकारसँग सहकार्य गर्नुपर्नेमा जोड दिए।
 

प्रकाशित मिति: १४:११ बजे, सोमबार, साउन १२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्