Kathmandu Press

नेपालमा एमसिसीका कार्यक्रमले निरन्तरता पाउने

अर्थमन्त्रालयले सोमबार एक विज्ञप्तिमार्फत यही जुलाई २४ गते एमसिसीले पत्र पठाएर पुनरावलोकन कार्य समाप्त भएको र नेपाल कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको जानकारी गराएको छ। 
नेपालमा एमसिसीका कार्यक्रमले निरन्तरता पाउने

काठमाडौं, साउन १२ : अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गत नेपालमा संचालित कार्यक्रमले निरन्तरता पाउने भएको छ।

अर्थमन्त्रालयले सोमबार एक विज्ञप्तिमार्फत यही जुलाई २४ गते एमसिसीले पत्र पठाएर पुनरावलोकन कार्य समाप्त भएको र नेपाल कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको जानकारी गराएको छ। 

अमेरिकी राष्ट्रपतिको गत जनवरी २० को कार्यकारी आदेशानुसार पुनरावलोकनका लागि यस अन्तर्गतका कार्यक्रम स्थगन भएको थियो। 

सरकार र एमसिसीबीच २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट कार्यान्वयन गर्ने सहमति भएको थियो । उक्त सहमती अनुसार नेपालमा एमसिसी अन्तर्गतका कार्यक्रम सञ्चालित छ। अर्थ मन्त्रालयले विज्ञप्ति जारी गरी नेपालमा एमसीसी निरन्तर रहने स्पष्ट पारेको छ। 

गत बर्षको फागुन २२ गते एक पत्र पठाउँदै अमेरिकाले पुनरवलोकनका लागि भन्दै एमसीसी स्थगन गरेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेसँगै वैदेशिक सहायता पुनरवलोकनका निम्ति ९० दिन स्थगन गरेका हुन् । स्थगनको सूचीमा एमसीसी परियोजना समेत थियो।

अर्थ मन्त्रालयका अनुसार एमसीसीले सन् २०२५ जुलाई २४ को पत्रबाट उक्त पुनरवलोकन कार्य सकिएको र परियोजना निरन्तर रहने जानकारी गराएको छ। 

प्रकाशित मिति: १४:५१ बजे, सोमबार, साउन १२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्