Kathmandu Press

कोरोना खोप लगाउन ५० हजारले मात्रै टिपाए नाम

काठमाडौं, माघ १० : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप लगाउने व्यक्तिको विवरण संकलन गर्न थालेको छ। दुई दिनमा ५० हजार...
कोरोना खोप लगाउन ५० हजारले मात्रै टिपाए नाम
Hardik ivfHardik ivf

काठमाडौं, माघ १० : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप लगाउने व्यक्तिको विवरण संकलन गर्न थालेको छ। दुई दिनमा ५० हजार जनाले मात्रै नाम टिपाएका छन्।

मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. गुणनिधि शर्माले खोप लगाउने व्यक्तिको विवरण विद्युतीय प्रणालीमा तयार गरी मन्त्रालयमा पठाउन सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको बताए।

भारत सरकारबाट अनुदानमा प्राप्त कोभिशिल्ड खोप लगाउनका लागि संघ, प्रदेश र स्थानीय तहमा सूचीकृत भएका सबै प्रकारका स्वास्थ्य संस्थालाई मन्त्रालयको वेबसाइटमा लगईन गरी तोकेको ढाँचामा विद्युतीय प्रणालीमा दुई दिनभित्र पठाउन बिहीबार निर्देशन दिइएको हो।

वरिष्ठ स्वास्थ्य प्रशासक डा. शर्माका अनुसार स्वास्स्थ्य संस्थामा कार्यरत कोभिड–१९ व्यवस्थापनमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शहवाहन चालक, कोभिड–१९ को संक्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्र्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाईकर्मीको सूचीसम्बन्धित संस्था प्रमुखद्वारा प्रमाणित गरी मन्त्रालयको विद्युतीय प्रणालीमा पठाउनुपर्नेछ।

अहिलेसम्म ५० हजारभन्दा बढीले खोप लगाउन नाम टिपाएको स्वास्थ्य मन्त्रालयका उपसचिव मुक्ति खनाल बताए। यो संख्या बढ्दै गएको उनको भनाइ छ।

तर, भारतले दिएको कोभिशिल्ड खोप लगाउन धेरै स्वास्थ्यकर्मी इच्छुक देखिएका छैनन्। त्यस्तै, फ्रन्टलाइनमा रहेका अन्य कर्मचारीले पनि रुचि देखाएको पाइएको छैन। भारतमा खोप लगाउन केहीको मृत्यु भएको र थुप्रै बिरामी परेकाले नेपालमा पनि कोरोना खोप लगाउन फ्रन्टलाइन स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सामाजिक कार्यकर्ता खासै उत्साहित देखिएका छैनन्।

भारत सरकारले कोभिड–१९ विरुद्धको खोप कोभिशिल्ड बिहीबार १० लाख डोज सरकारलाई उपलब्ध गराएको थियो। अहिले उपलब्ध खोप स्वास्थ्य सेवा विभागको केन्द्रीय चिस्यान केन्द्रमा भण्डारण गरिएको छ।

एक व्यक्तिलाई दुई डोज दिनुपर्छ। खोप लगाउँदै केही प्रतिशत खेर जाने हुन्छ। भारतले दिनएको खोप चार लाख जनालाई लगाउने सकिने मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १०:२२ बजे, शनिबार, माघ १०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्