Kathmandu Press

हेटौंडा–कुलेखानी सडकखण्ड दुई दिन बन्द

बाग्मती– हेटौंडाबाट भीमफेदी–देउराली हुँदै–कुलेखानी सडकखण्डअन्तर्गतको निर्माणाधीन आयोजना क्षेत्रमा यही माघ १० गतेदेखि दुई दिनका लागि सवारी साधन आवतजावतमा रोक लगाउने निर्णय भएको छ...
हेटौंडा–कुलेखानी सडकखण्ड दुई दिन बन्द

बाग्मती– हेटौंडाबाट भीमफेदी–देउराली हुँदै–कुलेखानी सडकखण्डअन्तर्गतको निर्माणाधीन आयोजना क्षेत्रमा यही माघ १० गतेदेखि दुई दिनका लागि सवारी साधन आवतजावतमा रोक लगाउने निर्णय भएको छ ।     

सडक स्तरोन्नतिका लागि आयोजना निर्माण क्षेत्रमा आगामी चैत १० गतेसम्म आयोजनाका सवारी साधनबाहेक सबै सवारी साधन आवतजावतमा रोक लगाउने निर्णय भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी र्दिए ।

यातायात पूर्वाधार निर्देशनालय वाग्मती प्रदेश हेटौँडाअन्तर्गत सो आयोजना विस्तार तथा स्तरोन्नतिका लागि निमार्णाधीन क्षेत्रमा आयोजना प्रयोजनबाहेकका सबै सवारी साधन आवतजावतको रोक लगाउने निर्णय भएको हो ।  

तोकिएको समयमा गुणस्तरीय निर्माण कार्य गर्नुपर्ने भएकाले विभिन्न सरोकारवाला (यातायात पूर्वाधार निर्देशनालय) सुरक्षा निकाय, निर्माण व्यवसायी, पत्रकार महासंघ प्रतिनिधिबीच भएको छलफलपश्चात् सो निर्णय भएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।

बाग्मती प्रदेश सरकारको आर्थिक लगानीमा भीमफेदी–देउराली हुँदै कुलेखानीसम्मको १५ किलोमिटर सडक स्तरोन्नति कार्य भइरहेको छ ।         

प्रकाशित मिति: १३:४८ बजे, शुक्रबार, माघ ९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्