Kathmandu Press

कोरोनाको खोप बनाउने भारतीय कम्पनी सेरम इन्स्टिच्युड अफ इन्डियामा आगलागी   

पुणे– कोरोना भाइरसविरुद्धको खोप बनाइरहेको भारतको महाराष्ट्रमा रहेको ‘सेरम इन्स्टिच्युड अफ इन्डिया’ को कार्यालयमा आगलागी भएको छ ।          लाखौँ लाख...
कोरोनाको खोप बनाउने भारतीय कम्पनी सेरम इन्स्टिच्युड अफ इन्डियामा आगलागी   
Hardik ivfHardik ivf

पुणे– कोरोना भाइरसविरुद्धको खोप बनाइरहेको भारतको महाराष्ट्रमा रहेको ‘सेरम इन्स्टिच्युड अफ इन्डिया’ को कार्यालयमा आगलागी भएको छ ।     
     
लाखौँ लाख खोप उत्पादन गरिरहेको बेला बिहीबार ठूलो आगलागी भएको हो । आगलागीबाट मानवीय क्षति नभए पनि अन्य ठूलो क्षति भएको प्रारम्भिक प्रतिक्रिया सार्वजनिक भएको छ ।     
     
आगो नियन्त्रणका लागि १० ओटा दमकल परिचालन गरिएको थियो । कम्पनीको उत्पादन गृहको चौथो र पाँचौँ तलामा आगलागी भएको जनाइएको छ ।   आगलागीका कारण उत्पादित खोप भने जल्न नपाएको अधिकारीहरूले जनाएका छन् । त्यसैगरी खोप उत्पादन गर्ने ठाउँ पनि सुरक्षित नै रहेको छ ।     
     
एक अधिकारीले भने, ‘आगलागीका कारण कोरोनाविरुद्धको खोप उत्पादन कार्यमा भने कुनै असर परेको छैन ।’  सेरम इन्स्टिच्युड अफ इन्डियाले उत्पादन गरेको खोप नै अहिले भारतमा अभियानका रूपमा लगाइँदै छ ।     

प्रकाशित मिति: १९:०४ बजे, बिहीबार, माघ ८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्