Kathmandu Press

सुनिलको शतकमा पुलिस विजयी, एपिएफले गण्डकीलाई हरायो

ओपनर सुनिल धमलाले शतक प्रहार गरेपछि काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्बल विजयी भएको छ ।
सुनिलको शतकमा पुलिस विजयी, एपिएफले गण्डकीलाई हरायो
Hardik ivfHardik ivf

ओपनर सुनिल धमलाले शतक प्रहार गरेपछि काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्बल विजयी भएको छ । बिहीबार कीर्तिपुरस्थित टियू मैदानमा भएको भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई ७४ रनले हराउँदै प्रतियोगितामा दोस्रो जित निकाल्यो ।

पहिला ब्याटिङ गर्दै पुलिसले दिएको ३१० रनको विशाल लक्ष्य पछ्याएको लुम्बिनीले ५० ओभरमा ७ विकेट गुमाउँदै २३६ रन मात्र बनाउन सक्यो । उसका लागि सौरभ खनालले सर्वाधिक ७४ रन बनाउँदा देव खनालले ४९ तथा सन्दीप राजाली र कप्तान कृष्ण कार्कीले समान ४० रनको योगदान दिए । पुलिसका पवन सर्राफ र रसिद खानले समान २ विकेठ लिए ।

यसअघि पहिला ब्याटिङ गरेको पुलिसले सुनिल धमलाले आकर्षक शतक प्रहार गरेपछि निर्धारित ओभरमा ४ विकेट गुमाउँदै ३१० रन बनायो । १४५ बल खेल्दै धमलाले ७ चौका र १ छक्काको सहयोगमा १०४ रन बनाए । 

यस्तै, दीपेन्द्रसिंह ऐरीले ६१ बलमा १ चौका र ६ छक्का प्रहार गर्दै ८५ रन बनाउँदा आक्रमक ब्याटिङ गरेका पवन सर्राफले १३ बलमा १ चौका र ६ छक्का प्रहार गर्दै नटआउट ५० रन बनाए । लुम्बिनीका कृष्ण कार्की र सन्दीप सुनारले समान १ विकेट लिए ।

यो जितपछि पुलिसले सेमिफाइनल पुग्ने सम्भावनालाई जीवितै राखेको छ । अन्तिम खेलमा प्रदेश २ लाई हराउन सके पुलिस समेमिफाइनल पुग्ने छ ।

एफिएफका लागातार दोस्रो जित
प्रधानमन्त्री कप क्रिकेटमा विभागीय टिम एफिएफले लगातार दोस्रो जित निकालेको छ । बिहीबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा एफिएफले गण्डकी प्रदेशलाई ६ विकेटको जित निकाल्यो ।

गण्डकीले दिएको १०७ रनको सामन्य लक्ष्य एपिएफले १७।३ ओभरमा ४ विकेट गुमाउँदै भेट्टयो। उसका लागि अनिल साहले अर्धशतकीय योगदान दिए । उनले ५६ बल खेल्दै ५ चौका र ६ छक्का प्रहार गरे । यस्तै सुमित महर्जनले १८ रन बनाए । गण्डकीका चन्द्र पौडेल र विशाल पौडेलले समान २ विकेट लिए ।

एपिएफका बलर कसिलो बलिङ गरेपछि गण्डकी प्रदेशले ४३ ओभरमा अलआउट हुँदै १०६ रन मात्र बनाउन सक्यो । उसका उसका समीर कँडेलले ३६ तथा विष्णु पाण्डे र दिपेश खत्रीले समान १५ रन बनाउँदा दिनेश बुढामगरले १२ रनको योगदान दिए । अन्यले भने दोहोरो अंकमा स्कोर बनाउन सकेनन् । 

गण्डकी प्रदेशको इनिङ धरासायी बनाउने क्रममा कमलसिंह ऐरीमा १० ओभरमा ३ मेडन राख्दै ११ रन खर्चेर ४ विकेट लिए । यस्तै, अभिनाश बोहरा र शरद भेषावकरले समान २ विकेट लिँदा किशोर महतोको नाममा १ विकेट रह्यो ।

प्रतियोगिताअन्तर्गत शुक्रबार टियू मैदानमा लुम्बिनी प्रदेश र प्रदेश १ भिड्ने छन् भने मूलपानीमा बाग्मती प्रदेशले प्रदेश २ पिएफले गण्डकी प्रदेशको सामाना गर्नेछ।

प्रकाशित मिति: १७:५४ बजे, बिहीबार, माघ ८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्