Kathmandu Press

शान्तिका लागि प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ : पहाडी

भजनी, माघ ८ : मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले देशमा शान्ति र अमनचयनका लागि भए पनि प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने बताएका...
शान्तिका लागि प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ : पहाडी
Hardik ivfHardik ivf

भजनी, माघ ८ : मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले देशमा शान्ति र अमनचयनका लागि भए पनि प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने बताएका छन्। 

समाज कैलालीको आजको कार्यक्रममा मानवाधिकारवादी पहाडीले विघटनले देश अशान्ति र गृहयुद्धमा धकेलिएको विचार राखे। ‘राष्ट्र र राष्ट्रियता जोगाउन पनि पुनःस्थापनाको पक्षमा लाग्न जरुरी छ,’उनले भने।

समाजका केन्द्रीय सभापति उत्तम पुडासैनीले  प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिले नागरिकमा झन् शंका पैदा गरेको विचार व्यक्त गरे।

प्रकाशित मिति: १५:१५ बजे, बिहीबार, माघ ८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्