Kathmandu Press

सर्लाहीमा बस दुर्घटना, दुईको मृत्यु, १९ यात्रु घाइते

सर्लाही, माघ ८ : पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनमा बस दुर्घटना भएको छ। दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका...
सर्लाहीमा बस दुर्घटना, दुईको मृत्यु, १९ यात्रु घाइते
Hardik ivfHardik ivf

सर्लाही, माघ ८ : पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनमा बस दुर्घटना भएको छ। दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका–४ स्थित सशस्त्र प्रहरी बेस क्याम्प नजिकै दाङबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुबस दुर्घटना भएको हो।

दुर्घटनामा एक जनाको घटनास्थलमै र एक जनालाई उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए।

दाङबाट काँकडभिट्टातर्फ गइरहेको ना ५ ख ४४८८ नम्बरको यात्रुबस अनियन्त्रित भई सकडदेखि १० मिटर तल पल्टिँएको जनाएको छ। बसमा ३० जना सवार रहेका थिए।

घाइते १९ जनामध्ये चालकसहित पाँच जनाको अवस्था गम्भीर रहेका छ। उनीहरूलाई उपचारका लागि न्युरो अस्पताल वीरगञ्ज पठाइएको छ।

अन्य तीन जनाको नमूना अस्पताल हरिवनमा उपचार भइरहेको छ। नौ जनाको अवस्था सामान्य रहेका कारण स्वाभिमान अस्पताल हरिवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

आज बिहान करिब ४ः५० बजे भएको दुर्घटनामा मृत्यु हुनेमा दाङको राप्ती गापा–५ का ३६ वर्षीया राजकुमारी चौधरी र २३ वर्षीया की रीता चौधरी रहेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले बताए। यात्रुबसमा सवार बाँकी ११ जना सकुशल रहेको सर्लाही प्रहरीले जनाएको छ। (रासस)

प्रकाशित मिति: ०९:५४ बजे, बिहीबार, माघ ८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्