Kathmandu Press

सामाजिक उत्तरदायित्वको अनुपम उदाहरण : डांगोटेले बनायो नाइजेरियाकै लामो सडक

काठमाडौं, माघ ८ : अबुजा– डांगोटे औद्योगिक समूहको सिमेन्ट प्लान्ट विश्वकै सबैभन्दा ठूलो हो। हालै उक्त समूह र संघीय सरकारको पहलमा नाइजेरियाको कोगी प्रान्तमा...
सामाजिक उत्तरदायित्वको अनुपम उदाहरण : डांगोटेले बनायो नाइजेरियाकै लामो सडक
Hardik ivfHardik ivf

काठमाडौं, माघ ८ : अबुजा– डांगोटे औद्योगिक समूहको सिमेन्ट प्लान्ट विश्वकै सबैभन्दा ठूलो हो। हालै उक्त समूह र संघीय सरकारको पहलमा नाइजेरियाको कोगी प्रान्तमा ४३ किलोमिटर लामो कंक्रिट सडक तयार भएको छ । डांगोटेले ‘कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी’ (संस्थागत सामाजिक उत्तरदायित्व) अन्तर्गत् यो सडक निर्माण गरेको हो ।

ओबाजानादेखि कब्बासम्मको यस सडकले नाइजेरियाको उत्तर र दक्षिणलाई जोड्छ । सडक कंक्रिट भएपछि यात्रीलाई सहज भएको गाडी चालकहरू बताउँछन्।

नाइजेरियामा यस्तो लामो र बलियो सडक पहिलोचोटी निर्माण भएको वरिष्ठ इन्जिनियरहरूको भनाइ छ। नाइजेरियाका नागरिकहरू यसलाई भावि पुस्ताका लागि ठूलो अवसर मान्छन्। सडक विकासले समाजमा व्यावसायिक गतिविधि बढाउने र आर्थिक समृद्धिको ढोका खुलेको उनीहरूको भनाइ छ । अहिलेसम्म नदेखिएको विकास देख्न पाएकाले उनीहरू कम्पनीका मालिक अलिको डांगोटे र उनका कर्मचारीको मुक्त कण्ठले प्रशंसा गरिरहेका छन् ।

उक्त सडक निर्माणलाई सडक परियोजनाका निर्देशक ओलाटुनबोसुन कालेजाए सामाजिक दायित्वको रूपमा हेर्छन्। साइट इन्जिनियर स्यामुएल ओबीसीले यो दुईलेन सडक मालबाहक सवारीका लागि मद्दतगार हुने बताउँछन् । कंक्रिट गरिएका कारण अन्य पक्की सडकझैँ खाल्डाखुल्डी बन्ने र सडक दुर्घटना हुने जोखिम नरहेको उनका भनाइ छ ।

पहिलेजस्तो सडक चिरा पर्ने र फाट्ने सम्भावना नभएकाले अब ट्याक्सी व्यवसाय फस्टाउने यातायात मजदुरहरूको नेसनल युनियनका सदस्य जोन मोसाको विश्वास छ। आपा बुनु राज्यका सामुदायिक नेता साम ओमाजाइल पनि सडक निर्माण भएपछि व्यापारप्रति आकर्षण बढेकाले डांगोटे समूहको प्रशंसा गर्छन्।

अकपटा ल्यान्ड परम्परागत शीर्ष व्यक्ति फ्रेड्रिक बालोगुनले डांगोटे सिमेन्ट उद्योगका मालिक अलिको डांगोटेप्रति कृतज्ञता प्रकट गरे। उनले भने, ‘डांगोटे भगवानले पठाएका व्यक्ति हुन्। उनको उपस्थितिले नागरिकको जीवनमा परिवर्तन ल्याएको छ र संघीय सरकारले गरेको संयुक्त प्रयास पनि सराहनीय छ ।’ यसबाट राज्यमा अपराध दरसमेत घट्ने उनको विश्वास छ।

महिला व्यवसायी भेरोनिका स्यामुएल पनि डांगोटेका कार्यप्रति निकै सहानुभूति राख्छिन् । नयाँ सडकका कारण आफ्नो जीवनमा परिवर्तन आएको उनी बताउँछिन्। उनी आफ्ना बालबच्चालाई विद्यालय भर्ना गरी पढ्न पठाउन सजिलो भएको बताउँछिन्।

सडक मर्मतमै धनराशी खर्च भइरहेकाले नाइजेरियाका सडकलाई कंक्रिट बनाउने क्रान्तिकारी कदमका लागि अलिको डांगोटे तत्पर एवं योजनाबद्द देखिन्छन्। सडक मर्मत खर्चलाई अब देशको अन्य जरूरी उपयोगमा लगाउनुपर्ने उनको भनाइ छ। यस्तो बलियो र भरपर्दो सडक बनेपछि हरेक वर्षात्पछि सडक मर्मत गर्नुपर्ने झण्झट हराउने डांगोटेको भनाइ छ।

डांगोटे समूहले पहिले पनि सामाजिक दायित्वअनुरूप इटोरीदेखि इबेजसम्मको २६ किमी कंक्रिट सडक निर्माण गरेको थियो । जुन २०१६ मा उक्त सडक उद्घटनका बेला बिजुली, निर्माण र आवास मन्त्री बाबातुन्डे राजी फसोलाले महत्वपूर्ण भनाइ राखेका थिए। उनले डांगोटे समूहको संघर्षले नाइजेरियाको औद्योगीकरण र स्वदेशी लगानीका लागि अटुट प्रतिबद्धता प्रदर्शन गरेको उनको भनाइ थियो।

‘कंक्रिट सडक लामो समयसम्म टिक्छ र खाल्डो पर्ने र फुट्ने हुँदैन। अन्य पक्की सडकझैँ धेरै मर्मत गर्नुपर्ने झण्झट रहँदैन। यसले मोटरको इन्धन बचाउँछ र टायरलाई पनि सुरक्षा दिन्छ,’ डांगोटे समूहको कर्पोरेट सञ्चार विभागले भनेको छ, ‘अर्थव्यवस्था सुदृढ पारी व्यापार सहज बनाउन सरकारलाई सहयोग र नाइजेरियाका मानिसप्रति समर्थन जनाउनु नै हाम्रो समूहको दृढ संकल्प र प्राथमिकतामा हो।’

- प्रिमियम टाइम्सबाट

प्रकाशित मिति: ०७:२९ बजे, बिहीबार, माघ ८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्