उकालो लाग्यो सुनको मूल्य
काठमाडौं, माघ ७ : एक सातापछि सुनको मूल्य उकालो लागेको छ। आज प्रतितोला पाँच सय रुपैयाँले बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल...
काठमाडौं, माघ ७ : एक सातापछि सुनको मूल्य उकालो लागेको छ। आज प्रतितोला पाँच सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँ पुगेको छ। मंगलबार ९२ हजारमा कारोबार भएको थियो।
त्यस्तै, तेजाबी सुन पनि बढेर ९२ हजार पुगेको छ। मंगलबार ९१ हजार पाँच सयमा कारोबार भएको थियो।
यसैगरि आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला एक हजार दुई सय ६० रुपैयाँ पुगेको छ। मंगलबार एक हजार दुई सय ४५ रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति: ११:४५ बजे, बुधबार, माघ ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार