Kathmandu Press

एनसेलले ल्यायो नयाँ सेवा 'माया'

काठमाडौं, माघ ६ : एनसेलले डिजिटल ट्रान्सर्फमेसन योजना अनुरुप आफ्ना ग्राहकका लागि च्याटबोट सेवा ‘माया’ सुरु गरेको छ।यो च्याट सेवाको डिजिटल प्लेटफर्ममार्फत ग्राहकले...
एनसेलले ल्यायो नयाँ सेवा 'माया'

काठमाडौं, माघ ६ : एनसेलले डिजिटल ट्रान्सर्फमेसन योजना अनुरुप आफ्ना ग्राहकका लागि च्याटबोट सेवा ‘माया’ सुरु गरेको छ।

यो च्याट सेवाको डिजिटल प्लेटफर्ममार्फत ग्राहकले एनसेलको सेवा तथा सुविधाहरुबारे जानकारी लिन सक्छन्। च्याटबोट सेवा ‘माया’ एनसेलले आफ्नो नयाँ अभियान ‘फास्टफरवार्ड लाइफ’ अन्तर्गत ल्याएको हो। यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गरेको एनसेलले जनाएको छ ।

Hardik ivf

यो सेवा एनसेलको आधिकारिक फेसबुक मेसेन्जर, भाइबर, ह्वाटसएप र वेबसाइटमा उपलब्ध रहेको छ। जसअन्तर्गत एनसेलका ग्राहकले च्याटबोटमार्फत एनसेलको सेवा लिन, आफ्ना प्रश्न वा गुनासोहरु राख्न सक्ने व्यवस्था रहेको एनसेलले जनाएको छ।

माघ ४ गतेदेखि सुरु भएको च्याटबोट सेवा ‘माया’ एनसेललका सबै आधिकारिक सामाजिक सञ्जाल पेज वा ह्यान्डलमा उपलब्ध भएका छन्।

यस प्लेटफर्ममार्फत ग्राहकले भ्वाइस तथा डेटा प्याक खरिद गर्न, भिसा तथा मास्टरकार्डबाट रिचार्ज गर्न, एनसेलको सेवा तथा सुविधाबारे जिज्ञासा राख्न, ब्यालेन्स चेक गर्न, अफरहरुबारे जानकारी लिन तथा कुनै गुनासो भए राख्नसक्ने व्यवस्था रहेको छ।

 

प्रकाशित मिति: ११:५९ बजे, मंगलबार, माघ ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्