Kathmandu Press

सुटिङ सुरु नहुँदै बिक्यो ‘डिसेम्बर फल्स’को युट्युब राइट

निर्माता रामप्रसाद रिजालको जन्मदिन पारेर आइतबार पोखराको बिन्दबासिनी मन्दिरमा पूजाआजा गरि मुर्हत गरिएको फिल्मको सोमबारबाट सुटिङ सुरु हुँदैछ । तर, सुटिङ सुरु नहुँदै फिल्मको अष्ट्रेलिया प्रदर्शन र युट्युव राइट बिक्रि भएको हो ।
सुटिङ सुरु नहुँदै बिक्यो ‘डिसेम्बर फल्स’को युट्युब राइट

काठमाडौं– निर्माणाधिन फिल्म ‘डिसेम्बर फल्स’ को युट्युव र अष्ट्रेलिया प्रदर्शन अधिकार एजुकेसन एण्ड माइग्रेसन कर्नरले खरिद गरेको छ । निर्माता रामप्रसाद रिजालको जन्मदिन पारेर आइतबार पोखराको बिन्दबासिनी मन्दिरमा पूजाआजा गरि मुर्हत गरिएको फिल्मको सोमबारबाट सुटिङ सुरु हुँदैछ । तर, सुटिङ सुरु नहुँदै फिल्मको अष्ट्रेलिया प्रदर्शन र युट्युव राइट बिक्रि भएको हो । रकम कति हो, त्यो भने खुलाइएको छैन ।

अष्ट्रेलियामा फिल्म प्रदर्शनका साथै बिबिध सांस्कृति कार्यक्रम समेत आयोजना गर्दै आइरहेको एजुकेसन एण्ड माइग्रेसन कर्नरका प्रम्ुख सुनील उप्रेतीले ‘डिसेम्बर फल्स’ को टिम, कलाकार तथा बिषयबस्तुसमेत अब्बल लागेकाले राईट किनेको जानकारी दिएका छन् ।

Hardik ivf

रामप्रसाद रिजालको प्रस्तुति रहेको चलचित्रको निर्देशन प्रवीण झाले गर्ने छन् । फिल्ममा आर्यन सिग्देल, उपासनासिंह ठकुरी, सुमन थापा रोहित, सलोन बस्नेत, दयाराम दाहाल, नरेश भट्टराईलगायतको  अभिनय रहने छन् । फिल्ममा लक्ष्मण रिजाल कार्यकारी निर्माता र रामकुमार भट्ट निर्माता रहेका छन् ।

बिपीका खनालले लेखेको कथामा केदार भुसालको पटकथा र सम्वाद रहेको फिल्मको छायाकार महेश आर गुप्ता छन् । रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्मको अधिकांश दृश्य पोखरामा खिचिने बताइएको छ ।

फिल्मको टिजर, गीत, प्रोमो तथा फिल्म नेप आर्ट नामक युट्यव च्यानलमा हेर्न पाइने छ । फिल्म साउन १ गते नेपाल र अष्ट्रेलियामा एकसाथ प्रदर्शन हुने जानकारी कार्यकारी निर्माता लक्ष्मण रिजालले दिएका छन् ।

प्रकाशित मिति: १९:२७ बजे, आइतबार, माघ ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्