Kathmandu Press

सेयर बजार पुँजीकरण ३१ खर्ब,  ११८ कम्पनीको  सेयर मूल्य बढ्याे

कारोबार भएकामध्ये कूल ११८ कम्पनीको सेयरमा वृद्धि भएको छ भने ५२ कम्पनीको सेयर ओरालो लागेको छ । यस्तै पाँच कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन देखिएन ।
सेयर बजार पुँजीकरण ३१ खर्ब,  ११८ कम्पनीको  सेयर मूल्य बढ्याे
Hardik ivfHardik ivf

काठमाडौँ–  लगाातार नयाँ नयाँ रेकर्ड बनाउँदै अगाडि बढेको धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । आजको वृद्धिपछि नेप्से नयाँ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार २८.४६ विन्दुले वृद्धि भई नेप्से २ हजार ३१५ मा पुगेको छ ।     
     
यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.१७ बिन्दुले वृद्धि भई ४४३.४२ मा पुगेको छ । नेप्सेको वृद्धिसँगै कारोबार रकममा समेत वृद्धि देखिएको छ । कूल २०८ कम्पनीको १ करोड ५० लाख ३५ हजार २२१ कित्ता सेयर ६ अर्ब ३७ करोड ४२ लाख ६७ हजार ७८२ मूल्यमा खरिदबिक्री भए । आजको वृद्धिसँगै बजार पुँजीकरण  ३१ खर्ब १८ अर्ब २९ करोड ५४ लाख बराबर पुगेको छ ।     
     
कारोबार भएका कूल १२ उपसमूहमध्ये आज जलविद्युत् उपसमूहको सेयर ओरालो लागेको छ । कूल ११ उपसमूहको शेयर उकालो लाग्दा व्यापार, जीवन बिमा र लघुवित्त उपसमूहमा भने उल्लेख्य वृद्धि देखिएको छ । जलविद्युत् ७.२ ले ओरालो लाग्दा बैंकिङ १.०१, व्यापार २३२.९७, होटेल १६.८७, विकास बैंक ११०.०१, वित्त २५.०१, निर्जीवन बिमा ७८.०५, उत्पादन ४९.८२, अन्य ६०.७६, लघुवित्त ११५.५५, जीवन बिमा २२१.०१ र सामूहिक लगानी कोष ०.०८ ले उकालो लागेको छ ।     
     
कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको  ५८ करोड १० लाख १२ हजार ६६ बराबरको कारोबार भयो । यस्तै एनआइसी एसिया बैंक  २२ करोड ९० लाख २४ हजार ८७९, सिभिल बैंक  २० करोड ९९ लाख सात हजार ६९६, नेपाल पुनर्बिमा कम्पनी  १८ करोड ६९ लाख ९७ हजार ८६८, नेको इन्सुरेन्स कम्पनी रु १७ करोड १० लाख पाँच हजार ३७३, नेपाल बङ्गलादेश बैंक रु १५ करोड ८४ लाख ९३ हजार ६१४, प्रभु बैंक  १५ करोड ६५ लाख ६१ हजार ७५८, नेपाल लाइफ इन्सुरेन्स  १४ करोड ९० लाख ९३ हजार ८५१ र एभरेष्ट बैंक  १२ करोड ४२ लाख ७ हजार ७८१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।     
     
कारोबार भएकामध्ये कूल ११८ कम्पनीको सेयरमा वृद्धि भएको छ भने ५२ कम्पनीको सेयर ओरालो लागेको छ । यस्तै पाँच कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन देखिएन । कारोबारका आधारमा साल्ट ट्रेडिङ कर्पोरेसन १०, गुराँस लघुवित्त ९.९८, नारायणी डेभलपमेन्ट बैंक ९.९८, कर्पोरेट डेभलपमेन्ट बैंक ९.९७, सामुदायिक लघुवित्त ९.९७, प्रभु लाइफ इन्सुरेन्स ९.९६, किसान लघुवित्त ९.९५, महिला सहयात्रा माइक्रोफाइनान्स ९.९३, आरम्भ चौतारी लघुवित्त ९.९२ र मञ्जुश्री फाइनान्सका लगानीकर्ताले ९.९२ प्रतिशतले कमाए ।     
     
यसैगरी युनाइटेड फाइनान्स ५.७१, मिर्मिरे लघुवित्त ३.११, नेपाल एसबिआई बैंक २.७९, रसुवागढी हाइड्रोपावर २.५८, साञ्जेन जलविद्युत् कम्पनी २.०६, शिवश्री हाइड्रोपावर २, एनआइसी एसिया ऋणपत्र १.९६, सनराइज बैंकको ऋणपत्रका लगानीकर्ताले १.८६ प्रतिशतले गुमाए ।   

प्रकाशित मिति: १७:५६ बजे, आइतबार, माघ ४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्