Kathmandu Press

सेयर बजारमा ३.२४ अंकको गिरावट, कारोबार रकम पनि घट्यो 

१३ मध्ये फाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार बढे पनि ८ उपसमूह घटेका छन्। ३.१३ प्रतिशत एक्लै फाइनान्स उपसमूहको बढोत्तरी भए पनि परिसूचक र कारोबारमा अन्य उपसमूहका कम्पनीहरुको सेयरमूल्य घटेको असर परेको देखिएको छ। 
सेयर बजारमा ३.२४ अंकको गिरावट, कारोबार रकम पनि घट्यो 

काठमाडौं, वैशाख १३ : लगातार ओह्रालो लागेको सेयरबजारले बुधबार सकारात्मक संकेत गरेको थियो। तर, साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचकसँगै कारोबार रकम पुनः घटेको छ। नेप्से परिसूचक ३.२४ अंकले घट्दै १९६५.९३ को विन्दुमा  रह्यो।

१३ मध्ये फाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार बढे पनि ८ उपसमूह घटेका छन्। ३.१३ प्रतिशत एक्लै फाइनान्स उपसमूहको बढोत्तरी भए पनि परिसूचक र कारोबारमा अन्य उपसमूहका कम्पनीहरुको सेयरमूल्य घटेको असर परेको देखिएको छ। 

Hardik ivf

६३ लाख १२ हजार ५ सय ५२ कित्ता सेयर २ अर्ब ३६ करोड ६९ लाख रुपैयाँमा कारोबार भएको छ। हिजो २ अर्ब ५३ करोड ३६ लाख रुपैयाँको कारोबार भएको थियो। सरकार लगानी सम्मेलनको तयारीमा रहेका बेला बजारमा सेयर लगानीकर्ता भने निराश रहेको संकेत कारोबारले गरेको छ। 

आज १४९ कम्पनीको सेयरमूल्य घटेको छ। ८८ कम्पनीको बढेको छ भने ७ कम्पनीको सेयरमूल्य स्थिर रह्यो। पोखरा फाइनान्स सेयरमूल्यको बढोत्तरी र कारोबार रकममा अगाडि बढेको छ। 

सेयरमूल्य ७.८९ प्रतिशतले बढेको छ भने सर्वाधिक कारोबार हुने कम्पनी बनेको छ। उक्त कम्पनीको ११ करोड २६ लाख रुपैयाँको सेयर किनबेच भएको छ। सेयरमूल्य प्रति कित्ता ६ सय १० रुपैयाँ पुगेको छ। यस्तै सेयरमूल्य सर्किटस्तरमा बढेको मल्टिपर्पोज फाइनान्सको ९ करोड ४० लाखको सेयर किनबेच भएको छ। 
  
यस्तै पिपुल्स पावरको ८ करोड ५९ लाख, गोर्खाज फाइनान्सको ८ करोड ६ लाख, आइएमई लाइफ इन्स्योरेन्सको ७ करोड ५९ लाख रुपैयाँको सेयर किनबेच 

आज सेयरमूल्य घटेका कम्पनीमध्ये शीर्ष ५ मा सबैको लघुवित्त,माईखोला हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, मानुषी लघुवित्त र युनिक नेपाल लघुवित्त छन्।
 

प्रकाशित मिति: १७:३२ बजे, बिहीबार, वैशाख १३, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्