Kathmandu Press

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

संस्थानले वैशाख लागेपछि विराटनगर क्षेत्रमा १० करोड, जनकपुर क्षेत्रमा एक करोड, हेटौंडा क्षेत्रमा आठ करोड, लुम्बिनी क्षेत्रमा चार करोड २५ लाख, नेपालगञ्ज क्षेत्रमा दुई करोड ७५ लाख, धनगढी क्षेत्रमा एक करोड ५० लाख र काठमाडौं क्षेत्रमा १३ करोड रुपयाँ किसानलाई भुक्तानी गरेको हो।
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं, वैशाख १४ : दुग्ध विकास संस्थानले  किसानलाई ४८ करोड भुक्तानी गरेको छ। संस्थानले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै १३ दिनमा ४८ करोड रकम भुक्तानी गरेको हो।

संस्थानका निमित्त महाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले गर्मी याम प्रारम्भ भएसँगै दुग्धजन्य पदार्थ (दूध, दही, मोही, पनिर, लसी, आइसक्रिम(को बिक्री  बढेकाले किसानको रकम भुक्तानी गर्न सहज भएको राससलाई जानकारी दिए।

‘गर्मीमा दुग्धजन्य पदार्थको बिक्रीमा पचास प्रतिशतले बिक्री बढेकाले नगद प्रवाह बढेको र कृषक भुक्तानीलगायत अन्य भुक्तानीमा क्रमिक रूपले सहज भएको छ’, अधिकारीले भने।

संस्थानले वैशाख लागेपछि विराटनगर क्षेत्रमा १० करोड, जनकपुर क्षेत्रमा एक करोड, हेटौंडा क्षेत्रमा आठ करोड, लुम्बिनी क्षेत्रमा चार करोड २५ लाख, नेपालगञ्ज क्षेत्रमा दुई करोड ७५ लाख, धनगढी क्षेत्रमा एक करोड ५० लाख र काठमाडौं क्षेत्रमा १३ करोड रुपयाँ किसानलाई भुक्तानी गरेको हो।

संस्थानले हेटौंडामा सञ्चालन गरेको डिडिसी पशु आहारा उद्योगबाट किसानले दाना खरिद गरी पैसा भुक्तानी गर्न बाँकी छ करोड रकम कट्टासमेत गरेको निमित्त महाप्रबन्धक अधिकारीले बताए। उद्योगबाट मासिक पाँच लाख किलो दाना उत्पादन हुँदै आएको छ।

प्रकाशित मिति: ११:५७ बजे, शुक्रबार, वैशाख १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्