Kathmandu Press

प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी भएन : मन्त्री अर्याल

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको बैठकमा उनले राष्ट्रिय गौरवका आयोजनाका कार्यमा भन्दा चौतारो र सिढी प्रधानमन्त्री रोजगार कार्यक्रम केन्द्रित रहेको भन्दै यसले स्वरोजगारको संख्या नबढेको बताए। 
प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी भएन : मन्त्री अर्याल

काठमाडौं, वैशाख १३ : श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगार सिर्जना नगरेको बताएका छन्। 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको बैठकमा उनले राष्ट्रिय गौरवका आयोजनाका कार्यमा भन्दा चौतारो र सिढी प्रधानमन्त्री रोजगार कार्यक्रम केन्द्रित रहेको भन्दै यसले स्वरोजगारको संख्या नबढेको बताए। 

Hardik ivf

उनले भने, ‘प्रधानमन्त्री रोजगार कार्यक्रमले चौतारो, सिढी बनाउनभन्दा बाहेक राष्ट्रिय गौरवका आयोजनाहरु, सडक, घर, पोल निर्माण जस्ता काममा लगाई दिएको थियो भने राम्रो हुने थियो। अथवा त्यही कार्यक्रमलाई तालिममा लगाएका थियौं भने स्वरोजगारको संख्या बढ्ने थियो। तर हामीले चौतारो, सिढी बनाउन सिक्यौ यो समाजको लागि आवश्यक भएपनि यो रोजगार सिर्जना गरेको होईन।’

उनले विदेशीले दिएको सहयोग भन्दैमा औचित्यहीन कार्यमा खर्च गर्न नहुने भन्दै त्यसको सहि सदुपयोग गर्नुपर्ने बताए।

उनले भने, ‘यसमा तरिका परिवर्तन गरौं। विदेशीले दिएको सहयोग हो भन्दैमा हामीले छर्ने काम नगरौं। जसको औचित्य नै पुष्टि हुदैँन्। जसले परिणाम नै निकाल्दैँन् त्यो स्थानमा खर्च नगरौं। किनभने त्यो ऋण भएपनि अनुदान भएपनि हामीले नै लिएको हो। यसको सदुपयोग गर्नुपर्छ।’ 

मन्त्रालयले गरेको कारवाहीको आधारमा सफल र असफलको प्रश्न उठ्ने कुरा गलत भएको भन्दै आफूले म्यानपावर व्यवसायीहरुलाई कारबाही गर्नुपर्ने वातावरण सिर्जना नगर्न अनुरोध गरेका बताए।  
विदेशमा रहेका उद्धारको पर्खाइमा बसेका, जेलमा रहेका, शव ल्याउन बाँकी रहेका सबै नेपालीहरुको अवस्थाको डाटा बोर्डमार्फत माग गरेको भन्दै यसको समाधानको लागि बोर्ड र मन्त्रालयले काम गरिरहेका उनले जानकारी दिए। 

फरक प्रसंगमा मन्त्री अर्यालले नेपाल र कतारबीच २००५ मा भएको सहयोग सम्झौतामा हस्ताक्षर समयसापेक्ष नभएकाले दुवै पक्षबाट प्राविधिक समूह बनाउने र त्यसले तल्लो तहदेखि नै अध्ययन गर्ने बताए। 
 

प्रकाशित मिति: १७:०१ बजे, बिहीबार, वैशाख १३, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्