Kathmandu Press

बलात्कार अभियोगमा एक जना पक्राउ

१७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा बाग्मती गाउँपालिका–७ गिम्दी बस्ने ३२ वर्षीय शंकर सापकोटालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बलात्कार अभियोगमा एक जना पक्राउ

ललितपुर– १७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा बाग्मती गाउँपालिका–७ गिम्दी बस्ने ३२ वर्षीय शंकर सापकोटालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सापकोटाले मंगलबार राति ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गिम्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
 

प्रकाशित मिति: १९:०९ बजे, बिहीबार, माघ १, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्