
महोत्तरी– मटिहानी नगरपालिका–८ चिउरामिलबाट १ थान कुटवा पेस्तोल र १ राउन्ड गोलीसहित धनुषा जनकपुर उपमहानगरपालिका–१७ मनहरपुर बस्ने ३३ वर्षीय राम शंकर मण्डललाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरीले उनलाई उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।