Kathmandu Press

पाँच जना मृत भेटिए

देशभर आज पाँच जनाको शव फेला परेको छ । भक्तपुर, धादिङ, धनुषा, कास्की र मोरङमा एक एक जनाको शव फेला परेको हो । 
पाँच जना मृत भेटिए

आज पाँच जनाको शव फेला परेको छ । भक्तपुर, धादिङ, धनुषा, कास्की र मोरङमा एक एक जनाको शव फेला परेको हो । 

प्रहरी प्रधान कार्यालयका अनुसार  सूर्यविनायक नगरपालिका–९ पलासेस्थित नालीमा  सिन्धुपालचोक पाँचपोखरी गाउँपालिका–७ का ४५ वर्षीय साइला श्रेष्ठ बिहीबार मृत अवस्थामा फेला परेका छन् । धादिङको सिद्धलेक गाउँपालिका–६ नेपालटारस्थित त्रिशुली नदीको किनारामा सोही ठाउँ बस्ने ५६ वर्षीय विष्णुप्रसाद श्रेष्ठ बुधबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै, जनकपुर उपमहानगरपालिका–४ स्थित पोखरीमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ बर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । पाेखरा महानगरपालिका–३ नदीपुरस्थित छोरेपाटनबाट जैमुरेसम्म चल्ने ग१ख ६९२४ नम्बरको नगर बसको सिटमा सोही महानगरपालिका–२१ कृष्ती बस्ने ६२ बर्षीय राम पौडेल बुधबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै, सुन्दरहरैचा नगरपालिका–११ बेलेपुरस्थित झरना खोलामा ग्रामथान गाउँपालिका–७ बस्ने ३३ वर्षीय मनोज साह डुबेर मृत्यु भएको अवस्थामा बुधबार फेला परेका छन् ।
 

प्रकाशित मिति: १८:३९ बजे, बिहीबार, माघ १, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्