Kathmandu Press

१२ राशिका तथा नवग्रहका विरुवाहरूको वृक्षारोपण सम्पन्न

धार्मिक श्रद्धा, पर्यावरणीय चेतना, र सांस्कृतिक पुनर्जागरणको अनुपम संगम बनेको यस कार्यक्रममा १२ राशि र ९ ग्रहसँग सम्बन्धित धार्मिक वृक्षहरू विधिपूर्वक पूजा–विधानसहित रोपिएको हो।
१२ राशिका तथा नवग्रहका विरुवाहरूको वृक्षारोपण सम्पन्न

काठमाडौं, साउन ११ : नेपालकै पहिलो नवग्रह मन्दिर तथा पञ्चकन्या मन्दिर परिसरमा राशि र नवग्रह वाटिका स्थापना गर्ने उद्देश्यले आज विशेष वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

धार्मिक श्रद्धा, पर्यावरणीय चेतना, र सांस्कृतिक पुनर्जागरणको अनुपम संगम बनेको यस कार्यक्रममा १२ राशि र ९ ग्रहसँग सम्बन्धित धार्मिक वृक्षहरू विधिपूर्वक पूजा–विधानसहित रोपिएको हो।

Hardik ivf

उक्त कार्यक्रम नवग्रह मन्दिर व्यवस्थापन समिति र पञ्चकन्या मन्दिर व्यवस्थापन समितिको संयुक्त समन्वयमा, भीरकोट जेसीजको आयोजनामा भव्यताका साथ सम्पन्न भयो। यसअघि नै २७ वटा नक्षत्र वृक्षहरू रोपिसकिएको जानकारी समितिका सचिव श्री लाल बहादुर क्षेत्रीले दिए ।

कार्यक्रममा शास्त्रीय विधिअनुसार दिशानिर्देश पालना गर्दै, वृक्षारोपण अगाडि प्रत्येक बिरुवालाई मंत्रोच्चारणसहित विधिपूर्वक पूजा गरिएको थियो। भीरकोट जेसीजका सदस्यहरू, समितिका पदाधिकारीहरू, र भक्तजनहरूको संलग्नताले पवित्रता, शुद्धता र सांस्कृतिक सजीवता झल्काउने वातावरण सिर्जना भएको थियो।

कार्यक्रममा समितिका अध्यक्ष श्री भरत पोखरेलले भने, “हामीले यसअघि नक्षत्र वाटिका निर्माण गरेका थियौँ, अब राशि वाटिका र नवग्रह वाटिकासमेत पूर्ण रूपमा स्थापना भइसकेको छ। हाम्रो उद्देश्य अब यस पवित्र स्थललाई नेपालकै नमुना धार्मिक–प्राकृतिक अध्ययनस्थलको रूपमा विकास गर्नु हो।”

कार्यक्रमलाई धार्मिक वृक्ष परम्पराको पुनर्स्थापना, वातावरण संरक्षण, र धर्म–संस्कृतिको संवर्द्धनतर्फको एक गहन अभियानका रूपमा लिइएको छ। कार्यक्रममा भीरकोट वडा नं. ७ का अध्यक्ष तारा अर्यालले यो कार्यले भावी सन्ततिलाई आध्यात्मिक चेतना, प्रकृतिप्रेम र संस्कारयुक्त जीवन मूल्यको सन्देस दिएको बताए । 

प्रकाशित मिति: ०६:२४ बजे, आइतबार, साउन ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्