भक्तपुरमा एक पुरुषको लास फेला
आज भक्तपुरको सूर्यविनायक–९ पलासेस्थित गणेश बाल विकास स्कुलनजिकको खोल्सामा घोप्टो अवस्थामा अधबैँसे पुरुषको लास फेला परेको महानगरीय प्रहरी वृत्त जागातीले बताएको छ ।
काठमाडौं– भक्तपुरमा एक अधबैँसे पुरुषको लास फेला परेको छ । आज भक्तपुरको सूर्यविनायक–९ पलासेस्थित गणेश बाल विकास स्कुलनजिकको खोल्सामा घोप्टो अवस्थामा अधबैँसे पुरुषको लास फेला परेको महानगरीय प्रहरी वृत्त जागातीले बताएको छ ।
मृतक सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल–५ घर भई भक्तपुर जिल्ला सूर्यविनायक–९ महत गाउँ बस्ने ४५ वर्षीय लक्ष्मीदास श्रेष्ठ रहेको बताइएको छ । उनी दिउँसोको समयमा ज्याला मजदुरीको काम गर्ने र रातको समयमा गणेश बाल विकास स्कुलमा सुरक्षा गार्डको काम गर्थे । मादक पदार्थ सेवन गरी कोठामा फर्किने क्रममा खोल्सामा लडेर उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रकाशित मिति: १६:४९ बजे, बिहीबार, माघ १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
