
काठमाडौं– 'खण्डकाव्य त्रयोदश' सार्वजनिक भएको छ । १३ जना कविहरूका एक एक वटा खण्डकाव्यको सङ्ग्रह 'खण्डकाव्य त्रयोदश' आज सार्वजनिक भएको हो ।
कवि देवी नेपालले भने, ‘हामी १३ जनाको संयुक्त महाकाव्य ‘आरोहण’ पछिको यो अर्को ऐतिहासिक प्रयास हो । यसमा मेरो सामाजिक विषयमा आधारित ‘पागल’ शीर्षकको खण्डकाव्य समाविष्ट छ ।’
शिखा बुक्सले त्रयोदश खण्काव्य बजारमा ल्याएको हो ।