Kathmandu Press

हिल हिमालयजको  ‘हामी मान्छे’ सार्वजनिक    

प्रकृति र पर्यावरण संरक्षणका लागि गण्डकी प्रदेशमा क्रियाशील हिल हिमालयज संस्थाको शीर्ष गीति भिडिओ ‘हामी मान्छे’ सार्वजनिक भएको छ । संस्थाकै युट्युब च्यानल ‘हिल हिमालयज’ बाट उक्त गीति भिडिओ सार्वजनिक गरिएको हो ।     
हिल हिमालयजको  ‘हामी मान्छे’ सार्वजनिक    
Hardik ivfHardik ivf

प्रकृति र पर्यावरण संरक्षणका लागि गण्डकी प्रदेशमा क्रियाशील हिल हिमालयज संस्थाको शीर्ष गीति भिडिओ ‘हामी मान्छे’ सार्वजनिक भएको छ । संस्थाकै युट्युब च्यानल ‘हिल हिमालयज’ बाट उक्त गीति भिडिओ सार्वजनिक गरिएको हो ।     

गीतमा संस्थाका सफाइ अभियन्ता आर्सन क्षेत्रीको शब्द तथा आवाज छ । साइमन तझ्याले संगीत भरेको सो गीति भिडिओको निर्माण लेबल नेक्स्टले गरेको हो । कृष्णराज गुरुङले भिडिओको सम्पादन गरेका छन् । प्रकृति र पर्यावरण संरक्षणका लागि योगदान दिने उद्देश्यका साथ गीति भिडियो तयार गरिएको हिल हिमालयजका अध्यक्ष रोशन गुरुङ बता ए । प्रकृति सफाइको अभियानलाई जारी राख्न सयौँ अभियन्ताले पु¥याएको सहयोग र दाताको हौसला आफूहरूका लागि प्रेरणाको जग भएको बताउँदै उनले गीत सङ्गीतमार्फत पनि वातावरण संरक्षणमा सचेतना पुग्ने विश्वास लिइएको बताए । 

संस्थाले हालसम्म २८औँ सफाई शृंखला सम्पन्न गरिसकेको छ । जसबाट ४१ हजार केजी बढी फोहर सङ्कलन गरी पोखरा महानगरको डम्पिङ साइटमा व्यवस्थापन भएको संस्थाका सदस्य विश्वास गुरुङले जानकारी दिए । गीति भिडियोको एक कार्यक्रमकाबीच सोमबार सार्वजनिक गर्दै गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङले प्रकृतिलाई पुनर्जीवन दिने उद्देश्यले थालिएको युवाहरूको सत्कर्मले नयाँ सन्देश दिएको बताए ।

भिडियोका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित मिति: १२:२९ बजे, मंगलबार, पुस २८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्