
काठमाडौं, पुस २७ : ममता गुरुङ र समीर मोक्तानले नयाँ गीत ‘काफल गेडी कुटुक्कै’ बजारमा ल्याएका छन्। ममता र समीरको स्वर रहेको गीतमा डि.पी खनालको शब्द, शकंर थापा ‘स्माईल’ को संगीत तथा उदयराज पौडेलको संगीत संयोजन रहेको छ।
‘काफल गेडी कुटुक्कै’को भिडियोमा अन्तराष्ट्र्रियरुपमा चर्चा कमाएका चर्चित डान्सर सुशान्त खत्री र एलिशा राई देखिएका छन्। भिडियोको निर्देशन राजिव समरले गरेका हुन् भने सुप्रिम पराजुलीको सम्पादन र अर्जुन तिवारीको छायाँकन रहेको छ। सुशान्त खत्रीकै कोरीयोग्राफी रहेको काफल गेडी कुटुक्कैको भिडियो डश म्युजिक नेपालको यूट्युब च्यानलमार्फत सर्वाजनिक भएको छ।