Kathmandu Press

नयाँ अध्ययन भन्छ- पृथ्वीको तापमान १८ प्रतिशतले बढ्नसक्ने

पृथ्वीको तापक्रम आंकलन गरेको भन्दा १८ प्रतिशतले वृद्धि हुने एक अध्ययनले देखाएको छ। विश्वभर कार्बन उत्सर्जनको वृद्धि भएपछी पृथ्वीको तापक्रम १८ प्रतिशतले बढ्ने...
नयाँ अध्ययन भन्छ- पृथ्वीको तापमान १८ प्रतिशतले बढ्नसक्ने
Hardik ivfHardik ivf

पृथ्वीको तापक्रम आंकलन गरेको भन्दा १८ प्रतिशतले वृद्धि हुने एक अध्ययनले देखाएको छ। विश्वभर कार्बन उत्सर्जनको वृद्धि भएपछी पृथ्वीको तापक्रम १८ प्रतिशतले बढ्ने अध्ययनले देखाएके हो । सन् २०१५ को पेरिश सम्झौताका सहभागि १८९ हस्ताक्षरकर्ता मुलुकहरु इमान्दार नभएपछि कार्वन उत्सर्जन बढेको छ।

यसकै कारण पृथ्वीको तापमान .०७ डिग्री सेल्सियसले बढ्ने अध्ययनले देखाएको छ। सन् १८५० पछी सुरुभएको दोस्रो औध्योगिक क्रान्ति पश्चात हालसम्मको अवधिमा पृथ्वीको तापक्रम ०.९१ डिग्री सेल्सियसले बढ्ने पुर्व आकंलन थियो।

यो रिपोर्टले वास्तविक तापमान पृथ्वीको तीनवटै डेटासेटले बनाएको पछिल्लो तापमान भन्दा ज्यादा भइसकेको अवस्थालाई देखाउँछ।

यस शोधले यो कुराको पुष्टि गर्छ कि पेरिस सम्झौताको लक्ष्य प्राप्त गर्न निकै कम समय रहेको छ। हस्ताक्षरकर्ता मुलुकको लागि कार्वन उत्सर्जनलाई रोक्नु र पृथ्वीको तापमानलाइ १.५ देखी २ सम्म पुग्न नदिनु अत्यन्तै चुनौतिपुर्ण छ।

गत मंगलवार मात्रै, हेडली सेन्टर अफ क्लाइमेटिक रिसर्च युनिट टेम्परेचर (हेडक्रट) को पाँचौ अध्यावधिक विवरण जारी गरिएको थियो। त्यो रिपोर्ट बेलायतको मौसम विभाग, मेट लाइफको १० अधिकारीहरूले तयार पारेका थिए। अधिकारीहरू मध्य एक टिम ओसर्नले भने, 'जलवायुमा तत्कालै नकरात्मक प्रभाव छैन। कार्वन उत्सर्जनको कारण पृथ्वीको तापमान बढेको हाम्रो अनुमान हो।'

हेडक्रट अध्ययन अनुसार, १८ प्रतिशतको वृद्धि अहिलेसम्मकै सबैभन्दा ठूलो अनुमान हो। यो अनुमान अमेरिकी वैज्ञानिक संस्था नासा र नेशनल ओसियनिक एण्ड एटमसफेरिक एड्मिन्सट्रेसनसँग लगभग मिल्दोजुल्दो छ।

यी ३ स्वतंत्र अध्ययनहरू एक-अर्कासँग मिल्नु आफैमा उल्लेखनीय रहेको जिकिर गर्दै न्यूयोर्कको कोलम्बीया विश्वविध्यालयमा केट मार्वलले आफ्नो भनाई सार्वजनिक गरेकी छन्।   

मौसमविदहरूको भनाइ छ कि तापमानमा वृद्धि आशा अनुरूप छ।  'साँच्चिकै, हेडक्रटको पुराना तथ्याङ्कले ग्लोबल वार्मिंगलाई कम आंकलन गर्दै थियो,' पेन्सिल्वेनिया स्टेट यूनिभर्सिटीका माइकल मानले भने।    

पहिलाको मापन भन्दा अहिले ०.१६ डिग्री सेल्सियसले बढ्नुको २ वटा प्रमुख कारणहरू छन् । सबैभन्दा ठूलो कारण हो कि हेडक्रटले समुद्री सतहको तापमान मापनलाई निष्षक्ष निर्णय लिनसक्नु। यो मापन प्रकृया समुद्री एक जहाजको इन्जीनको मद्दतले ‌लिइएको थियो।

एक अन्य कारण रूसको आर्कटिक क्षेत्रको तापमान अध्ययनमा सुधारका हो। यस क्षेत्रमा तापमान औसत दुई देखी तीन गुणाको तीव्रताले बढ्दो छ। यस क्षेत्रको कुनै ग्रीड वर्गकक्षहरूको विवरण नहुँदा खाली छोडिन्थ्यो । अब नजिकैको वर्गहरूबाट ठोस अनुमान लिइएको छ।

यस नयाँ शोधले अब कार्बनको लगानीमा प्रभावी रूपले अंकुश लगाउनेछ। संयुक्त राष्ट्रको मौसम विज्ञान विभाग (आइपिसीसी) ले सन् २०१८ मै भनेको थियो कि सन् २०३० भित्र कार्वन उत्सर्जनलाई आधा कम गर्नुपर्नेछ। यसप्रकार, सन् २०५० भित्र विश्व तापमान १.५ डिग्री सेल्सियसमा कायम हुन दुइ तिहाइको सम्भावना रहनेछ।

माइकल मानको भनाइ छ कि यो भन्नु निकै चाँडै होला कि आइपिसीसीले निर्धारण गरेको समयरेखामा बद्लाव आउनेछ। उनी भन्छन्,'आइपिसीसीको कार्वन बजेटको अत्यधिक आंकलनले विश्व तापमान सम्बन्धि अनुमानलाई कम आंकलन गरेको छ। विश्व तापमान वृद्धिबाट हुने खतराबाट बच्नको लागि अझै धेरैथोक गर्न बाँकी छ।'

ओसर्नले भने कि उच्च तापमानको अर्को परिणाम जलवायु संवेदनशीलता हो। वायुमडंलीय कार्बन दोब्बर भएपछी पृथ्वी ज्यादै उष्ण पनि हुनसक्ला।

अन्य अनुसन्धानकर्ताहरूको भनाइ छ कि हेडक्रटको नयाँ संशोधित विवरण एक्लैले जटिल स्थितिलाई बदल्दैन। उनीहरूको थप खुलासा छ कि सरकार र वैज्ञानिकहरू एकभन्दा अधिक तापमान डाटा सेटहरूमा भरोसा राख्छन्।

मानविय गल्तीलाइ नै प्रमुख मान्दै नासा गडर्ड इन्स्टिट्युट फर स्पेस स्टडीजका गेविन श्मिटले एक बयान मार्फत भने, 'हामी मान्दछौँ कि संसार तातिरहेको छ र यो केवल मानवीय गतिविधिकै कारण हो।'-

न्यु साइन्टिष्ट डटकमबाट

 

 



 

प्रकाशित मिति: १२:४७ बजे, आइतबार, पुस ५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्