धुम्बाराहीमा बस्ने भनिएको सचिवालय बैठक बालुवाटारमा बस्दै
काठमाडौं, मंसिर १६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक बालुवाटारमा बस्ने भएको छ। पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएको बैठक दिउँसो १ बजे...
काठमाडौं, मंसिर १६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक बालुवाटारमा बस्ने भएको छ। पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएको बैठक दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटार बस्ने तय भएको हो।
नेकपाका केही बैठकबाहेक सबै किसिमका बैठकहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुँदै आएको छ।
नेकपाको आजको सचिवालय बैठकमा दुई अध्यक्षले पेश गरेका राजनीतिक प्रस्तावबारे छलफल हुने बताइएको छ।
प्रकाशित मिति: १७:३२ बजे, मंगलबार, मंसिर १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार