Kathmandu Press

रोग र भोकले कसैको ज्यान जान दिँदैनाै‌ं : मुख्यमन्त्री भट्ट

डोटी, मंसिर १५ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नागरिकलाई घरघरमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन्।दिपायल सिलगढी नगरपालिका–५...
रोग र भोकले कसैको ज्यान जान दिँदैनाै‌ं : मुख्यमन्त्री भट्ट

डोटी, मंसिर १५ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नागरिकलाई घरघरमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन्।

दिपायल सिलगढी नगरपालिका–५ बागफाँटामा निर्माण गरिन लागिएको ५० श्ययाको सरुवा रोग अस्पतालको सोमबार शिलान्यास गर्दै उनले उपचारको अभावमा नागरिकले अकालबाट ज्यान गुमाउनु नपर्ने बताए। उनले भने,“रोग र भोकले नागरिकको ज्यान जान दिने छैनौँ, स्वास्थ्य सेवाको पहुँच  घर घरमा पुर्‍याउँछौँ।”

Hardik ivf

पचास श्ययाको अस्पतालले  नागरिकले  कम खर्चमा गुतस्तरीय स्वास्थ्य सेवा पाउनेमा आफू आशावादी रहेको मुख्यमन्त्री भट्टले बताए। “अस्पताल निर्माणमा सबैले सहयोग गरौँ, सबै नागरिकले नजिक सेवा पाउनेछन्, यो भन्दा ठूलो खुशीको कुरो के नै छ र”, उनले भने,“विकास भन्ने कुरो क्रमिकरुपमा हुँने हो, ढिलो भयो भनेर आत्तिनु पर्दैन।” 

उनले भने, “कम्युनिष्ट सरकार पाँच वर्ष चल्छ, यो चोइटिने, फुट्ने भन्ने कुनै सम्भावना छैन, कसैले फुटाउने सपना देखेको भए त्यो दिवा सपना मात्रै हो।” डोटीका अन्य स्थानीय तहमा १०-१० श्ययाका आठ वटा अस्पताल एकैसाथ शिलान्यास गरिएका छन्।

शिखर नगरपालिकामा नगरप्रमुख सीताराम जोशी,  बोगटान फुड्सिल गाउँपालिकामा अध्यक्ष कमलबहादुर गड्सिला, जोरायल गाउँपालिकामा अध्यक्ष दुर्गादत्त ओझा, पूर्वीचौँकी गााउँपालिकामा अध्यक्ष दीर्घराज बोगटी, बडीकेदार गाउँपालिकामा अध्यक्ष कृष्णबहादुर चन्द, सायल गाउँपालिकामा अध्यक्ष तेजबहादुर डुम्रेल तथा केआइसिंह गाउँपालिकामा अध्यक्ष लोकेन्द्रबहादुर शाहीले ती अस्पतालको एकसाथ शिलान्यास गरेका हुन्। 

प्रकाशित मिति: २१:४५ बजे, सोमबार, मंसिर १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्