Kathmandu Press

पाँच दिनदेखि बेपत्ता चाैधरी मृत भेटिए

इनरूवा, म‌ंसिर १५ : पाँच दिनदेखि बेपत्ता सुनसरीको दुहबी नगरपालिका-३ भीरगाउँका १७ वर्षीय सुजन चौधरीको शव हत्या गरिएका अवस्थामा फेला परेको छ।घरदेखि करीब पाँच...
पाँच दिनदेखि बेपत्ता चाैधरी मृत भेटिए
सांकेतिक तस्वीर।
Hardik ivfHardik ivf

इनरूवा, म‌ंसिर १५ : पाँच दिनदेखि बेपत्ता सुनसरीको दुहबी नगरपालिका-३ भीरगाउँका १७ वर्षीय सुजन चौधरीको शव हत्या गरिएको अवस्थामा फेला परेको छ।

घरदेखि करीब पाँच सय मिटर उत्तर अरुण वनस्पति उद्योगको परिसरको खाली जग्गामा उनको शव भेटिएको हो। नेपाल टेलिकम क्षेत्रीय कार्यालय विराटनगरमा कार्यरत अधिकृत सुरेन्द्रनारायण चौधरीका छोरा सुजन मंसिर १० गते साथीका घरमा जान्छु भनेर हिँडेका थिए।

साँझसम्म घर नआएको र आफन्त कहाँ पनि नभेटिएपछि खोजतलासी गरिदिन इलाका प्रहरी कार्यालय दुहबीमा मंसिर ११ गते जाहेरी दिइएको थियो। उनी हराएको प्रहरीलाई जानकारी गराइएको चार दिनपछि उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।    

कक्षा १२ मा इटहरीस्थित गोदावरी कलेजमा अध्ययनरत उनको अपहरणपछि हत्या गरिएको हुन सक्ने प्रहरी उपरीक्षक कमल थापाले बताए। घटनामा संलग्न रहेको आशङ्कामा दुहबी–२ का २१ वर्षीय सुमन झालाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ।  
 

प्रकाशित मिति: २१:३३ बजे, सोमबार, मंसिर १५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्