Kathmandu Press

अछाममा बस दुर्घटना, एकको मृत्यु, १७ घाइते

मंगलसेन, मंसिर १५ : अछामको मंगलसेनबाट धनगढीतर्फ गइरहेको यात्रुवाहक बस मार्कुमा दुर्घटना भएको छ। दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १७ जना...
अछाममा बस दुर्घटना, एकको मृत्यु, १७ घाइते

मंगलसेन, मंसिर १५ : अछामको मंगलसेनबाट धनगढीतर्फ गइरहेको यात्रुवाहक बस मार्कुमा दुर्घटना भएको छ। दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय, अछामका अनुसार ना ४ ख ९९७२ नम्बरको यात्रुवाहक बस सडकबाट खस्दा दुर्घटना भएको हो। दुर्घटनामा साँफेबगर नगरपालिका ३ का १९ वर्षीय नीरज कुँवरको मृत्यु भएको छ।

Hardik ivf

बसमा चालकसहित १८ जना सवार रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा १७ जना घाइते भएका छन्। गम्भीर घाइते सात जनालाई थप उपचारका लागि बयालपाटा अस्पताल लगिएको छ। अन्यको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १८:०५ बजे, सोमबार, मंसिर १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्