Kathmandu Press

झलनाथ खनाल र सुवास नेम्वाङले गरे योजना बाँडफाँट

इलाम, म‌ंसिर १३ : पूर्वप्रधानमन्त्री एवं इलाम निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य झलनाथ खनाल र संविधानसभाका अध्यक्ष एवं निर्वाचन क्षेत्र नम्बर...
झलनाथ खनाल र सुवास नेम्वाङले गरे योजना बाँडफाँट
Hardik ivf

इलाम, म‌ंसिर १३ : पूर्वप्रधानमन्त्री एवं इलाम निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य झलनाथ खनाल र संविधानसभाका अध्यक्ष एवं निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङले संसद् विकास कोषको रकम बाँडफाँट गरेका छन्। 
    
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको आठ करोड रूपैयाँका कार्यक्रम जिल्लाका १० स्थानीय तहका ५२ योजनामा विनियोजन गरेका हुन्। खनालकोे निर्वाचन क्षेत्रमा रहेका नगर र गाउँपालिकामा चार करोड वडा संख्याका आधारमा वितरण गरिएको छ।
    
खनालले सबैभन्दा धेरै रकम सूर्योदय नगरपालिकालाई एक करोड ३५ लाख, इलाम नगरपालिकालाई १० लाख, माई नगरपालिकालाई ६८ लाख, रोङ गाउँपालिकालाई ६० लाख, सन्दकपुर गाउँपालिकालाई ६७ लाख र माईजोगमाई गाउँपालिकालाई ६० लाख विनियोजन गरेका छन्।
    
निर्वाचन क्षेत्र नम्बर १ मा ३९ वडा रहेका छन्। वडा संख्याका आधारमा प्रत्येक स्थानीय तहलाई रकम विनियोजन गरिएको जिल्ला समन्वय समितिले जनाएको छ। 

नेम्वाङको निर्वाचन क्षेत्रका इलाम नगरपालिकालाई एक करोड, देउमाई नगरपालिकालाई ९० लाख ५६ हजार, माई नगरपालिकालाई २८ लाख ५० हजार, माङसेवुङ गाउँपालिकालाई ५७ लाख १४ हजार, चुलाचुली गाउँपालिकालाई ५७ लाख १४ हजार र फाकफोकथुम गाउँपालिकालाई ६६ लाख ६६ हजार विनियोजन गरिएको छ।

निर्वाचन क्षेत्र नं २ मा ४२ वडा रहेका छन्। वडा सङ्ख्याका आधारमा प्रत्येक स्थानीय तहमा स्थानीय तहका प्रमुखको उपस्थितिमा बजेट विनियोजन गरिएको बताइएको छ। रासस

प्रकाशित मिति: २१:३१ बजे, शनिबार, मंसिर १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्