महेन्द्रनगरमा युवक मृत अवस्थामा फेला
महेन्द्रनगर, मंसिर १२ : कञ्चनपुरको महेन्द्रनगरमा आज बिहान वेदकोट नगरपालिका–४ सुनार टोलका २५ वर्षीय कमल दमाई मृतावस्थामा भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका...
महेन्द्रनगर, मंसिर १२ : कञ्चनपुरको महेन्द्रनगरमा आज बिहान वेदकोट नगरपालिका–४ सुनार टोलका २५ वर्षीय कमल दमाई मृतावस्थामा भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले दमाईंको शवको घाँटीमा टेलिफोनको जस्तो तारमा बेरिएको अवस्थामा भेटिएको जानकारी दिए। मृतकका शरीरमा अन्य कुनै प्रकारको चोट नरहेको जनाइएको छ।
कञ्चनपुर प्रहरीले दमाईंको हत्या गरिएको आशंकामा अनुसन्धानका लागि धनगढीबाट तालीमप्राप्त कुकुरसमेत ल्याएर अनुसन्धान गरिरहेको छ। ‘मृतकका बुबाले दिएको प्रारम्भिक जानकारीअनुसार दमाईं गत असोजमा मजदूरी गर्न स्याङ्जा गएका थिए,’ प्रहरी नायब उपरीक्षक थापाले भने, ‘विस्तृत अनुसन्धान हुँदैछ।’
प्रकाशित मिति: १८:२० बजे, शुक्रबार, मंसिर १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार