शनिबार, माघ १०, २०७७

सत्य र स्वरुपले ल्याए रोमान्टिक गीत ‘मैसाब’

काठमाडौं, मंसिर १२ : गायक तथा संगीतकारद्वय सत्यराज र स्वरुपराज आचार्यले नयाँ रोमान्टिक गीत ल्याएका छन्।

दाजुभाइको स्वरमा रहेको गीत ‘मैसाब’ सार्वजनिक भएको छ। यसको म्युजिक भिडियोमा पल शाह र छुकिला शेर्पाले अभिनय गरेका छन्।

यसको म्युजिक भिडियो कविराज गहतराजले निर्देशन गरेका हुन्। सुदीप बरालको छायाँकन र अर्जुन जिसीको सम्पादन रहेको भिडियोमा कोरियोग्राफी दीपकराज सुनारले गरेका हुन्।

 

 Published Date: Friday, 27th November 2020 6:14:00 pm