आईतबार, माघ ४, २०७७

आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं, मंसिर ११ : आज सुनचाँदीको मूल्य स्थिर रहेको छ। बुधबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा कुनै घटबड भएको छैन। बुधबार छापावाल सुन प्रतितोला ९१ हजार पाँच सयमा कारोबार भएको थियो। आज पनि त्यहि मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।

त्यस्तै, तेजावी सुन बुधबार प्रतितोला ९१ हजारमा कारोबार भएको थियो। आज पनि त्यहि मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।

आज चाँदी प्रतितोला एक हजार एक सय १७५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार पनि त्यहि मूल्यमा कारोबार भएको थियो।

 

 Published Date: Thursday, 26th November 2020 5:36:00 pm