Kathmandu Press

घट्यो आयात, बढ्यो निर्यात

काठमाडौं, मंसिर १० : चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो चार महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा भने वृद्धि भएको छ। भन्सार...
घट्यो आयात, बढ्यो निर्यात
Hardik ivf

काठमाडौं, मंसिर १० : चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो चार महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा भने वृद्धि भएको छ। भन्सार विभागले सार्वजनिक गरेको चार महिनाको तथ्याङ्कअनुसार १० प्रतिशत आयातमा कमी आउँदा १० प्रतिशतले नै निर्यातमा वृद्धि भएको हो। 

भन्सार विभागको तथ्याङ्कमध्ये चालू आवको पहिलो चार महिनाको अवधिमा चार खर्ब दुई अर्ब रुपैयाँको विदेशी वस्तुको आयात भएको छ। यो गत आवको सोही अवधिको तुलनामा १० दशमलव ६२ प्रतिशतले कमी हो। यसैगरी चार महिनाको अवधिमा ४० अर्ब २० करोड रुपैयाँको वस्तु निर्यात भएको छ। यो गत आवको यसै अवधिको तुलनामा १०.८१ प्रतिशतले बढी हो।

तथ्याङ्कानुसार चार महिनाको अवधिमा चार खर्ब ४२ अर्ब ६९ करोड रुपैयाँको वैदेशिक व्यापारबाट नेपालले तीन अर्ब ६२ करोड रुपैयाँ घाटा बेहोरेको छ। यो अघिल्लो आवको यसै अवधिको तुलनामा १२.४९ प्रतिशत गिरावट हो। गत आवको सोही अवधिमा चार खर्ब ८६ अर्ब ५७ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार हुँदा चार खर्ब १४ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा थियो। गत आर्थिक वर्षको चैतदेखि घट्दो क्रममा रहेको नेपालको आयात व्यापार असोजमा एकै महिनामा एक खर्ब १३ अर्ब रुपैयाँको वस्तु आयात भएकोमा कात्तिक महिनामा पुनः घटेको भन्सारले जनाएको छ। 

प्रकाशित मिति: १९:२४ बजे, बुधबार, मंसिर १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्