Kathmandu Press

काठमाडौं उपत्यकामा सोमबार थपिए १००७ जना कोरोना संक्रमित

काठमाडौं,  मंसिर ८ : काठमाडौं उपत्यकामा थप १००७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार गरिएको परीक्षणमा काठमाडौंमा उपत्यकामा थप १००७ जनामा कोरोना...
काठमाडौं उपत्यकामा सोमबार थपिए १००७ जना कोरोना संक्रमित
फाइल तस्वीर।

काठमाडौं,  मंसिर ८ : काठमाडौं उपत्यकामा थप १००७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सोमबार गरिएको परीक्षणमा काठमाडौंमा उपत्यकामा थप १००७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Hardik ivf

मन्त्रालयका अनुसार काठमाडौंमा ७७९, भक्तपुरमा ८५ र ललितपुरमा १४३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

यस्तै,  सोमबार नेपालमा  थप १९८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ भने अहिलेसम्म २ लाख २ हजार ६७ जना संक्रमणमुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १३३७ पुगेको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारमात्रै ३०४३ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।
 

प्रकाशित मिति: २२:१३ बजे, सोमबार, मंसिर ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्