Kathmandu Press

भारतीय विदेश सचिव हर्षवर्द्धन नेपाल आउँदै

काठमाडौं, मंसिर ८ : भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला नेपाल भ्रमणमा आउने भएका छन्। भारतीय विदेश सचिव हर्षवर्द्धन दुई दिने नेपाल भ्रमणमा आउन लागेको...
भारतीय विदेश सचिव हर्षवर्द्धन नेपाल आउँदै
Hardik ivfHardik ivf

काठमाडौं, मंसिर ८ : भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला नेपाल भ्रमणमा आउने भएका छन्। 

भारतीय विदेश सचिव हर्षवर्द्धन दुई दिने नेपाल भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रले सोमबार विज्ञप्ति जारी गरी दुई दिने भ्रमणका लागि सचिव हर्षवर्द्धन मंसिर ११ गते नेपाल आउन लागेको जानकारी दिएको छ।

हर्षवर्द्धनले परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा मंसिर ११ र १२ गते नेपाल भ्रमण गर्नेछन्। भ्रमणका क्रममा दुई देशका परराष्ट्र सचिवले दुई पक्षीय विषयमा वार्ता बताइएको छ।

‘भ्रमणको दौरानमा उनले नेपाली समकक्षी र अन्य उच्च व्यक्तिहरुसँग भेटघाट गर्नेछन्। भेटमा दुईपक्षीय सहकार्यका विभिन्न क्षेत्रहरुको बारेमा कुराकानी हुनेछ,’ विज्ञप्तिमा भनिएको छ।
 

प्रकाशित मिति: २१:२६ बजे, सोमबार, मंसिर ८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्